कांग्रेस क्षेत्र नं २(क) दाङले खटायाे प्रतिनिधि

दाङ,१४ भदौ । जनताको साथमा कांग्रेस अभियानलाई थप उत्साहित बनाउन नेपाली कांग्रेस क्षेत्र नं २(क) दाङले आफ्नो प्रदेशभित्र पर्ने वडाहरुमा प्रतिनिधिहरु खटाएको छ।

प्रतिनिधिहरुले आफु खटिएर गएका वडाहरुमा संगठन मजबुत बनाउन पहल गर्दै आसन्न निर्वाचनमा कांग्रेसलाई बिजयी गराउनका भूमिका खेल्नु पर्ने छ। क्षेत्र न २ (क) ले बङ्लाचुली गाउंपालिका-१पूर्णबहादुर मल्ल,
बङ्लाचुली गाउंपालिका-२-ध्रुबकुमार पुन,
बङ्लाचुली गाउपालिका-३ नारायण भणडारी,
बङ्लाचुली गाउपालिका-४-बमबहादुर खड्का,
बङ्लाचुली गाउंपालिका-५ देवा जिसी बङ्लाचुली गांउपालिका-६ मा जगतु चौधरी र हरिबहादुर घर्ती
बङ्लाचुली गाउपालिका-७ मा हरि जिसी र
बङ्लाचुली गाउंपालिका-८ मा दामोदर शर्मालाई खटाउने निर्णय गरेको क्षेत्र न २ (क) सचिव शिशिर अधिकारीले जानकारी दिएका छन् ।

त्यसैगरी घोराही उपमहानगरपालिका-४ मा पुरुषोत्तम शर्मा र केशव नेपाली, घोराही-१७ मा जुनुकुमारी बुढा र गंगा श्रेष्ठ, घोराही-१५भुवन चौधरी र द्रोपता न्यौपाने, घोराही-१४ मा दुर्गा जिएम र बसन्त गुप्ता,घोराही-१३ मा सरस्वता गौतम र सपना नजगैया अधिकारी, घोराही-१८ मा ध्रुब केसी र दिपा वली, घोराही-१९ मा बिष्णु पोखरेल र राजिब उल्लाह खानलाई खटाएको छ ।

यसरी नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय समितिले सभापति प्रकाश श्रेष्ठ, उपसभापति तिलक बहादुर भण्डारी, सचिव शिशिर अधिकारी र माया कुमारी पोखरेललाई आवश्यकता अनुसार प्रदेशभित्र पर्ने वडाहरुमा सबै प्रतिनिधिहरुलाई समन्वय र सहयोग गर्ने निर्णय गरेको छ।
सभापति प्रकाश श्रेष्ठको सभापतित्वमा बसेको बैठकले हरितालिका तीज तथा ऋषी पञ्चमीको उपलक्षमा समस्त महिला दिदी बहिनीहरुमा शुभकामना ब्यक्त गरेको छ।