प्रतिष्ठानमा एमआरआई सेवा सुरु हुँदै

घोराही,१३ भदौ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई सेवा सुरु हुने भएको छ ।

प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले अवको १५ दिनमा एमआरआइ सेवा सञ्चालनमा आउने जानकारी दिएका छन् । प्रतिष्ठानका वायोमेडिकल इन्जिनियर शरद भण्डारीले केही दिनभित्रै अनलाईनको माध्यम र प्रत्यक्ष अस्पतालमा हुने तालिमपछि प्रतिष्ठानमा औपचारीकरुपमा सो सेवा प्रारम्भ गर्न सकिने बताए ।

करीव ३ महिनालगाएर एमआरआई सेटअप गरिएको र एमआरआई जडानको काम सम्पूर्णरुपमा अन्तिमचरणमा पुगिसकेको रजिष्ट्रार थापाले बताए । एमआरआई सेवाका लिनका लागि दङ्गालि र यस आसपासका सर्वसाधारणलाई यसअघि बुटवल, नेपालगञ्ज, काठमाण्डौ जानुपर्ने वाध्यता अव प्रतिष्ठानमा एमआरआई सेवा सुरु भएसंगै अन्त्य हुनेछ ।
प्रतिष्ठानमा अत्याधुनिक उपकरण थपिएसंगै पछिल्लोपटक सिटिस्क्यान मेसिन चालु अवस्थामै रहेको र अव एमआरआई सेवा सञ्चालनमा आए विरामिको रोगको डाइग्नोसिस गरेर उपचार गर्न सहज हुने प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले जानकारी दिएका छन् । एमआरआई सेवा सञ्चालनमा आएमा दाङको स्वास्थ्य क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने जिल्लाका सरोकारवालाले बताएका छन् ।