तीजलाई पिङ (तस्वीरहरु)

दाङ १३ भदौ ।हिन्दु धर्मालम्वीहरुको पर्व हरितालिका तीजको पूर्व सन्ध्यामा महिलाहरू दर खाएर व्रत बस्ने योजनामा छन् । परम्पराका पक्षपातीहरू तीजलाई निराहार र निर्जल व्रत बस्ने पर्वका रूपमा समेत लिने गर्छन् । धार्मिक आस्थाका आधारमा व्रतलाई साधनाका रूपमा लिने चलन छ । दर खाने दिनसँगै चार दिने तिज पर्व सुरु समेत भएको छ ।

विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तिजको पहिलो दिन सोमवार दर खाएका छन् । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ। दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ। जसले व्रतका दिन आडिलो बनाउँछ। दर नीराहार व्रतका लागि तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले वर्तालुहरुले शक्ति प्राप्तिका लागि मीठा मीठा एवं आडिलो परिकार दरका रुपमा खाएर मङ्गलबारको व्रतका लागि तयारी गरेका छन् ।

माइती एवं दाजुभाईले छोरी, चेली, दिदी बहिनीलाई बोलाई दर खुवाउने गर्दछन्। दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविदहरुको सुझाव छ । महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तिजलाई उपयोग गर्ने गर्छन । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरुले सार्वजनिक समेत गर्ने गर्छन ।जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्ने पर्वको रुपमा समेत तीजलाई लिने गरिन्छ ।