लिलाले फोन नम्बर दिदै भने, ‘समस्या परे कल गर्नुहोस्’
शिवराज खनाल
लमही, चैत २४ । लमही नगरपालिका वडा नम्बर ५ निबासी देउखुरी उद्योग बाणिज्य संघका पूर्ब अध्यक्ष तथा राप्ती फिड्सका अध्यक्ष लिलाराम खनालले लकडाउनका कारण कसैको घरमा खाद्यान्नसहितको केही आबश्यक परेमा आफु सहयोग गर्न तैयार रहेको जनाएका छन् ।
खासगरी दैनिक मजदुरीगरी खाने बर्ग यतिबेला समस्यामा पर्ने अबस्था तर्फ संकेत गर्दै उनले त्यस्तो परेमा आफुलाई संझन आग्रह गरेका हुन् । ‘यदि यो समयमा देउखुरीमा बस्ने, दैनिक छाक टार्न मुस्किल परिरहेकाहरु हुनुहुन्छ भने मलाई सम्झनु्’ उनले भने,-‘मान्छे मान्छेका लागि काम लाग्ने भनेको यस्तै अप्ठ्यारो अबस्थामा हो ।’ उनले फोन नम्बर दिदै भने,-‘कोही पनि भोकै नबस्नु होला, म सधैँ तपाईहरूको साथमा छु । आबश्यक परेमा मलाई ९८५७८२०८८४ वा ९८०१३३९१०३ मा सम्पर्क गर्नुहोला ।’
कोरोना संक्रमणका कारण घोषणा गरेको लकडाउनलाई थप कडाई गर्ने सरकारको निर्णय आएपछि गरिखाने बर्ग समस्यामा पर्ने अबस्थामा उनीहरुलाई राहत उपलब्ध गराउने सन्दर्भमा खनालले चासो देखाएका हुन् ।
