विपद् कोषमा कांग्रेसको सहयोग
घोराही, चैत्र २३ । नेपाली काग्रेस घोराही उपमहानगरपालीका वडा नम्बर १, २, ३ र ५ ले घोराही उपमहानगरपालिकाको विपद् व्यवस्थापन कोषमा जम्मा हुनेगरी २५ हजार रुपियाँ प्रदान गरेको छ । आइतबार दिउसो उपमहानगरपालकाको कार्यालयमै पुगेर काग्रेसका नेता कमलकिशोर घिमिरे नेतृत्वको टोलिले उपमहानगरपालिकाका उप प्रमुख सिता सिग्देल न्यौपानेलाई २५ हजार रुपियाँ हस्तान्तरण गरेको हो ।
नेपाली काग्रेस क्षेत्र नम्बर १ को निर्णय बमोजिम घोराही उपमहानगर भित्र पर्ने तिनवटा वडाले ति वडाका विपदमा परेकाहरुलाई सहयोग गर्न भन्दै रकम हस्तान्तरण गरेको उपमहानगरले जनाएको छ । आफूहरुले वडाका नेपाली काग्रेसका कार्यकर्ताबाट सँकलन भएको रकम उपमहानगरको विपद कोषमा जम्मा गर्न उपमहानगरलाई प्रदान गरेको क्षेत्र नम्बर १ का क्षेत्रिय सचिव चुडामणी आर्चायले बताए । विपद्को समयमा सबैले सयोग गर्नुपर्ने मान्यता अनुसार कांग्रेसका साथिहरुबाट सँकलित रकम उपमहानगरलाई हस्तान्तरण गरिएको काग्रेस नेता कमलकिशोर घिमिरेले बताए ।
