दाङ,११ भदौ । आउने निर्वाचनमा कांग्रेसलाई बिजयी बनाउनका लागि विगतमा भएका कमिकमजोरीहरुलाई सच्याउदै नेता तथा कार्यकर्ताहरु निर्वाचन केन्द्रीय कार्यक्रममा लाग्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
नेपाली कांगेस क्षेत्र नं. २ प्रदेश (क) को आयोजनामा शनिवार घोराही उपमहानगरपालिका–१८ मसिनामा भएको नियमित घुम्ती बैठक तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन । साथै उनीहरुले नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार जिल्लामा भदौको १० गतेदेखि भदौको २४ सम्म सुरु भएको ‘जनतासँग कांग्रेस’ अभियानलाई सफल बनाउनका लागि सवै तहका नेता तथा कार्यकर्ताहरुलाई लाग्न समेत बक्ताहरुले अनुरोध गरेका थिए ।
नेपाली कांग्रेस क्षेत्र नं. २ (क) का सभापति प्रकाश श्रेष्ठको अध्यक्षता तथा नेपाली कांग्रेस लुम्विनी प्रदेश उपसभापती राजु खनालको प्रमुख आतिथ्यता एवं नेपाली कांग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सभापति भीमप्रकाश खड्काको विशिष्ट आतिथ्यतामा बैठक तथा अन्तरक्रिया कार्यक्रम भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरु गोपालराज शर्मा, बद्री खड्का, किरणकिशोर घिमिरे, नेपाली कांग्रेस वडा नं. १८ का ईकाई सभापति केशर रावत, क्षेत्रीय प्रतिनिधि मधु अधिकारी, क्षेत्रीय प्रतिनिधिहरु मंगल घर्ती, धर्म हमाल, टिकाराम नेपाली, प्रदेश प्रनितिधि ऋषिराम चौधरी, कांग्रेसका युवा नेता गणेश बेल्वासेलगायतले भनाइ राखेका थिए ।
नेपाली कांग्रेस क्षेत्र नं. २ (क) सचिव माया पोख्रेलको स्वागत मन्तव्यवाट सुरु भएको घुम्ती बैठक तथा अन्तरक्रिया कार्यक्रमको सहजीकरण प्रदेश २ (क) सचिव शिशिर अधिकारीले गरेका थिए ।