दाङ,११ भदौ । १५७ औं मोती जयन्तीका अवसरमा दाङमा गजल बाचन तथा परिचर्चा गरिएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजना तथा गजल अभियान दाङको सहकार्यमा शनिवार घोराहीमा मोती जयन्तीको अवसरमा गजल वाचन तथा परिचर्चा कार्यक्रम गरिएको हो ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् वरिष्ठ साहित्यकार तथा पत्रकार नारायण प्रसाद शर्माको प्रमुख आतिथ्यता तथा राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार एवम् निवर्तमान केन्द्रीय अध्यक्ष पुरूषोत्तम खनालको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बक्ताहरुले साहित्यकार मोतीराम भट्टको जीवनी र साहित्यीक योगदानको चर्चा गरेका थिए ।
गजल वाचन तथा परिचर्चन कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टिकाराम उदासी र साहित्यकार डा हिमलाल पन्थीले बत्ताका रूपमा मोतीराम भट्टका बारेमा परिचर्चा गरेका थिए । कार्यक्रममा गजलकार डा हिमलाल पन्थी, धनसिङ गिरी, नगेन्द्रकुमार आचार्य (नगेन्द्र गुरू), हरिप्रसाद पौडेल (स्वर्ण शिखा), दामोदर पौडेल, दिलकुमारी बुढामगर (दिलु), मनिषा गिरी (ऋतु), विना रोका, तारस घिमिरे, बिक्रम वली (नेपाली बाबु), भुपाल रावतले गजल वाचन गरेका थिए ।
कार्यक्रममा राप्ती साहित्य परिषद्का बरिष्ठ उपाध्यक्ष एवम् जिल्ला शाखा दाङका सल्लाहकार कमलमणि देवकोटा, पूर्व अध्यक्ष एवम् सल्लाहकार डा लोकराज पराजुली, लेखक संघ दाङका उपाध्यक्ष गोविन्द पौडेल, साहित्यकार खेमराज मल्ल, छविलाल कोपिला, देबेन्द्रकुमार रिजाल, क्षितिज मगर, भुपेन्द्र सुवेदी, शारदा शर्मा, गुरूप्रसाद महरा, नादरप्रसाद भण्डारी, सुभाष न्यौपाने, खेमराज गाँउले, दिलिप पुन मगर, नरेश खनाल, सुप्रीया श्रेष्ठलगायतको उपस्थीति रहेको थियो ।
परिषद् जिल्ला शाखा दाङका सदस्य हरिप्रसाद पौडेल स्वर्णशिखाको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सहजीकरण सचिव प्रकाश केसीले गरेका थिए ।