दाङ, ११ भदौ । रोटरी क्लव अफ दाङले आयोजना गरेको रक्तदान कार्यक्रममा ८१ जनाले रक्तदान गरेका छन् । क्लवले नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र दाङको सहयोगमा शुक्रवार आयोजना गरेको रक्तदान कार्यक्रममा ८१ जनाले रक्तदान गरेका हुन् ।
जिल्लामा रगतको अभाव हुन नदिका लागि बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको रोटरी क्लव अफ दाङका अध्यक्ष ओविन्द्र महराले वताए । उनका अनुसार यसले थोरै भए पनि रगतको अभाव हुन नदिनका लागि सहयोग पुग्ने बताए । रक्तदान कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका उप कुलपती डा विकास लामिछानेले रक्तदाता बढाउदै जानु पर्ने बताए ।
माग बढदै गएको र दान गर्नेहरु कम हुदा समस्या हुने गरेको छ’ उनले भने ‘ त्यसको लागि रक्तदाताको संख्या थप्दै जान पर्छ ।’ दान गरेको रगतले मानिसलाइ बचाउन सकिने भएकाले सकिने भएकाले त्यसका बारेमा नागरिकलाइ वुझाउन जरुरी रहेको उनले बताए । कार्यक्रममा प्रेस काउन्सील नेपालका केन्द्रीय सदस्य शरद अधिकारी लगाएतकाले मनतव्य राखेका थिए ।
कार्यक्रम रोटरी क्लव अफ दाङका अध्यक्ष ओविन्द्र महराको अध्यक्षतामा भएको थियो । कार्यक्रम संयोजक डा आर्शिष उप्रेतीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण डा बोम डि सीले गरेका थिए । त्यस अवसरमा रक्तदाता खोजि गर्ने तथा रक्तदान गर्न नरेन्द्र पुन र प्रज्वल शाहलाई सम्मान समेत गरिएको थियो ।