मकैको विऊ उत्पादन गर्दै कृषक

शिवराज खनाल
लमही,११ भदौ । लमही नगरपालिका–८ सतवरीया निवासी कृष्णबहादुर चौधरीले मकैको बीउ उत्पादन गर्न थालेका छन । यसअघि खानको लागी मात्रै मकै खेती गर्दै आएका चौधरीले यो पटक भने बीउ नै उत्पादनको लागी खेती गरेको बताए । त्योबाट तेब्बर आम्दानी बढेको छ । चार कट्ठा जग्गामा तीन कुन्टल १२ किलो मकैको बीउ उत्पादन गर्न सफल भएको उनले बताए । उनीसँगै अन्य किसानले पनि मकैको विऊ उत्पादन गरेका छन् ।

जिल्लामा वणर्शंकर मकै रामपुर १० को व्यवसायीक उत्पादन सुरु भएको हो । कृषि सहकारी संस्थामा अवाद्ध किसानले व्यवसायीक रुपमा मकैको वणर्शंकर जातको उत्पादन सुरु गरेको वताएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइमार्फात सञ्चालन गरिएको मकै सुपरजोन कार्यक्रमको सहयोगमा मकैको नेपाली वणर्शंकर रामपुर १० को व्यवसायीक उत्पादन थालिएको हो ।

विगत पाँच बर्षदेखी बीउ उत्पादनमा संलग्न हुदा सफलता प्राप्त भएको किसानहरुले बताएका छन् । पछिल्लो पटक दश टन स्वदेशी वणर्शंकर बीउ उत्पादन भएको छ । देउखुरी उपत्यकालाई मकैको बीउ उत्पादनको केन्द्रको रुपमा विकास गर्ने योजना रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई दाङका प्रमुख महेश रेग्मीले बताएका छन् ।

नेपालमा विदेशी कम्पनीले उत्पादन गरेको मकैको वणर्शंकर बीउले बजार ढाकेको छ । बार्षीक एक अरब भन्दा बढीको बीउ आयात हुदै आएको छ । विदेशबाट आउने बीउको आयातलाई घटाउन नेपाली जातका वणर्शंकर बीउ उत्पादनमा अनुसन्धान भइरहेको छ । नेपाल बीउ बीजन तथा गुणस्तर नियन्त्रण केन्द्रले नेपाली स्थानीय जातलाई आधार मानेर धेरै उत्पादन दिने वणर्शंकर बीउको गुणस्तरमा ध्यान दिएको प्रमुख वेनुप्रसाद प्रसाईले बताए । खेतीयोग्य जमिन नासिदै जाँदा खाद्यान्न उत्पादन घट्दो छ । त्यो जोखिम गर्नको लागि परियोजनाले अघि सारेका योजना प्रभावकारी बन्दै गएको उनले बताए ।