तुलसीपुर, १० भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले गठवन्धन अहिलको आवश्यकता भएको बताए । उनले कांग्रेस एकलै चुनावमा लडर्ने लागत राखे पनि अहिलको आवश्यकता गठवन्धन भएको भन्दै गठवन्धनको पक्षमा लाग्नुपर्ने बताए ।
उनले संविधानको रक्षा र प्राप्त उपल्वधीहरुको गुम्न नदिन पनि अहिले सरकारमा भएका दलहरुविच सहमति सहकार्य आवश्यक रहेको उनको भनाई थियो । नेपाली कांग्रेस तुलसीपुर नगर कार्यसमितिले आयोजना गरेको भवन उद्घाटन सालिक अनावरण सम्मान तथा तीज मिलन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रमा केन्द्र्रीय सदस्य गिरीले केन्द्रबाटनै गठवन्धन गरेर जाने निर्णय भएको भन्दै अव अव सवैले निर्णय मानुपर्ने बताए ।
‘पार्टीले उचित ठानेरनै सभापतिज्यूले यो निर्णय गर्नुभएको छ अव सवै ले यसलाई मान्नु पर्छ इमान्दारीका साथ उनले भने ।’ गिरीले नेपाली काँग्रेस प्रतिपक्षमा हुदा हुदै पनि गलत निर्णय र सरकारमा हुँदा देखाएको हर्कतले गर्दा काँग्रेसले सत्ताको नेतृत्व गरेको बताए । ‘नेपाली जनता र देशको विकास र निकास दिने काँग्रेसनै हो तपाईहरुले सवै देखि सक्नु भएको छ उनले ।’ गिरीले अगिल्लो निर्वाचनमा जनतालाई झुकाए जस्तै अव भने झुकाउन नसकने बताए ।
‘फेरी पनि तपाईहरुलाई झुकाउलान झुटार विभिन्न भ्रमहरु छरेर नझुकीनु होला उनले भने । । पूर्व सिँचाई मन्त्री समेत रहेको गिरीले दाङको सिँचाई बाटो पुल पुलेसा देखि सवै विकासको नेतृत्व काँग्रेसले गरेको बताए । ‘अहिले फेरी नाटक चुनावको पूर्व सन्धायमा यहाँ नाटक सुरु भएको छ पुलहरु सिलान्यास अनि उट्घाटनको यो सवै जनतालाई थाहा छ उनले भन ।’ गिरीले ऐतिहासीक टरिगाउँ एयरपोट, यहाँको बाटो घाटो तथा विकास नभएका कुराहरुको विकास काँग्रेसले गर्ने बताए । ‘फोरलेन सडक किन बनेन सवैलाई थाहा छ , अनि अहिले मलको अभाव कसका कारणले भएको हो ।सवैलाई थाहा छ । त्यसैले सवैले यो वारे वेलैमा विचार गर्नु पर्छ’, उनले भने ।
त्यसैगरी केन्द्रिय सदस्य गिरीले नेपाली काँग्रेस तुलसीपुर नगरसमितिका सभापति सुरेश हमालको नेतृत्वको टिमले पार्टी कार्यालयदेखि विभिन्न काम गरेको भन्दै निर्वाचनको समयमा गरेका कुराहरु पुरा गरेको बताए । उनले सभापति हमालसंगै सबै पदाधिकारीहरुलाई धन्यवाद दिए । ‘आज सहिद परिवारलाई सम्मान, काँग्रेसका महान नेताहरुको शालिक अनावरण र भवनको उद्घाटन गरि इतिहासीक कार्य गर्नृभएको छ सवैलाई धन्यवाद छ’, उनले भने ।
नगर सभापति सुरेश हमालको अध्यक्षता तथा केन्द्रिय सदस्य गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाली काँग्रेस लुम्विनी प्रदेशका उपसभापति राजु खनालले काँग्रेसलाई विजय बनाउ सवै लाग्नुपर्ने बताए । उनले काँग्रेसलेनै देशको विकास निकास दिने भन्दै मंसिर ४ गतेलाई मध्यनजर गरि अगाडी बढनुपर्ने बताए ।
त्यस्तै कार्यक्रममा जिल्ला सभापति शंकर डाँगी, संविधान सभा सदस्य वुद्धिराम भण्डारी, काँग्रेस नेता केशव आचार्य, लुम्विनी प्रदेश प्रदेश सभा सदस्य शंकर गिरी, नेपाली काँग्रेस क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का, नेता जोगेन्द्र विश्वकर्मा, टोपबहादुर केसी, टिका घर्ती, तेजबहादुर कार्की, प्रमोद बस्नेत, मुक्ति न्यौपाने, काँग्रेस नेतृ सुष्मा गिरी लामिछाने, देविका नेपाली, सुशीला सुवेदी, ओम वलीलगायतले काँग्रेस एक भएर अवको निर्वाचनमा जसले टिकट पाए पनि लाग्नु पर्ने बताए ।
त्यसैविच नवनिर्मित भवनको उद्घाटन तथा पार्टी कार्यालय परिसरमा महामानव विपी कोइराला, गणेशमान सिंह र काँग्रेसका नेता खुमबहादुर खड्काको शालिक अनावर गिरीको छ । करिव ४६ लाख लागतमा निर्माण भएको विपी स्मृति सभाहल र शालिकको अनावर केन्द्रिय सदस्य, प्रदेश सभा सदस्य र पार्टि सभापतिले गरेका हुन् । भवन निर्माण समितिका संयोजक तथा नगर उपसभापति विनिल केसीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा कोषाध्यक्ष प्रितम कुमार श्रेष्ठले भवनको आयव्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै नगरसभापति हमालले सवैका साथ र सहयोगले भवन निर्माण भएको बताएका थिए । उनले आफुहरुले चुनावमा गरेका प्रतिवद्धताहरु पुरा गर्ने बताए । उनले चराको पनि गुडहुने र आफुले पार्टी कार्यालय र एउटा व्यवस्थीत सभाहल बनाउने परिकल्पना निर्वाचनको समयमा गरेका थिए । कार्यक्रममा जग्गा दाताहरु, सहिद परिवार भवन निर्माणमा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजिकरण सचिव विमल पौडेल र सुसिल वलीले गरेका थिए ।
जिल्लामा यस्तो छ कांग्रेसको अभियान
यसैविच नेपाली कांग्रेसले जनताको साथमा काँग्रेसको अभियान सुरु गरिएको छ । भदौ
१० गते वाट २४ गतेसम्म यस प्रकारको अभियान सुरु गरिएको हो । जिल्लामा पनि
यस अभियानको सुरु गरिएको छ ।
केन्द्रीय प्रतिनिधि तथा नेपाली काग्रेसका केन्द्रीय सदस्य डा गोपाल दहितलाई जिल्लामा पठाएको छ । केन्द्री शुक्रवार भएको छलफले सबै पालिकामा जिल्लाका पदाधिकारीहरुलाइ पठाउने निर्णय गरेकोछ । पहिलो चरणमा गरिने कार्यक्रम योजना निर्माण गरिएको छ ।
छलफलले जिल्लामा गरिने कार्यक्रम समेत तय गरेको छ । यही भदौ ११ गते सबै पालिकामा छलफल गरिने भएको छ । भदौ १२ गते क्षेत्र नं क र ख मा १७ गते १ को क र ख
मा १८ गते २ क र ख मा अन्तरक्रियात्मक छलफल कार्यक्रमको अयोजना गरिने भएको नेपाली काग्रेस दाङका जिल्ला सचिव अर्जुन योगीले जानकारी दिएका छन् । त्यसै गरेर प्रत्यक टोलमा प्रतिनिधि खटाइने भएको छ । टोलमा दलित, क्रियासील सदस्य तथा अन्य समुदायका व्यक्तिहरुसंग छुट्टा छुट्टै समुहमा छलफल गरिने भएको छ ।
त्यसै गरेर विकास निर्माणका बारेमा छलफल, जेष्ठ नागरिक, कृषक, उत्कृष्ट शिक्षकलाई
सम्मान गरिने कार्यक्रम रहेको सचिव योगीले बताए । छलफल कार्यक्रम नेपाली काँग्रेस दाङका जिल्ला सभापती शंकरपसाद डाँगीको अध्यक्षता तथा केन्द्रीय प्रतिनिधि दहितको उपस्र्थीतमा भएको थियो । छलफलमा नेपाली काँग्रेसका नेता, कार्यकर्ता एवम सुवेच्छुक संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।