Goraksha

National Daily

कविता : प्रकृति

विनित पोख्रेल

हिमाल, पहाड, तराईले सिंङ्ग्रिएकी यिनी

बास दिन्छिन् सबैलाई अती उदार बनी ।।

 

सबै प्राणीकी हुन् यिनी सुरक्षित घर

खान, पिन, बस्नलाई यिनकै गछौं भर ।।

 

जनावर वनस्पती आफ्नै काखमा राख्ने

सबैलाई समेटेर स्वच्छ भई बाँच्ने ।।

 

उद्योग धन्दा, कलकारखाना सबै यिनकै देन

यिनलाई हानि पु¥याउन हुन्न कुनै क्षण ।।

 

प्राकृतिक सम्पदाकी असिमित खानी

पूजा गर्छौं हामी यिनलाई ईश्वरजस्तै मानी ।।

 

सबलाई काखमा अटाउने महान धर्तीमाता

तिम्ले गर्दा बाँचेका छौं, तिमी जीवनदाता ।।

 

आकाश पाताल मेघ वर्षा हुन् यिनकै अङ्ग

झरी, गर्मी बसन्तले बन्छौ हामी दङ्ग ।।

 

यिनलाई आफ्नो ठानी हामी गर्दैछौं घमण्ड

धेरै नोक्सान पुग्यो भने यिनले दिन्छिन् दण्ड ।।

 

कक्षा : १०, रोजी-वड्स स्कुल, लमही