भूपेन्द्र सुवेदी
बिश्व कोरोना भाइरसको आतंकले संकटमा परेको छ, जताततै हाहाकार मच्चिएको छ ।
मानबले आफूले आफैलाई कोठाभित्रै बन्द गराउन बाध्य भएको छ, यसै समयमा नेपालमा स्थापित सामुदायिक बनको स्थापना भएको २४औँ बर्षगाँठ पूरा भएर २५औँ बर्षमा सुरुवात भएको सन्दर्भमा सबै सामुदायिक वन उपभोक्ता समूहहरु र सामुदायिक वन उपभोक्ता समूहको छाता संगठन सामुदायिक वन उपभोक्ता महासंघ नेपालको सबै जिल्लाहरुमा स्थापित संघीय संरचना र प्रदेशस्तरीय संरचनाहरुले यही २०७७ जेष्ठ १८ गतेलाई सामुदायिक बन उपभोक्ता महासंघ नेपालको स्थापना भएको सन्दर्भमा स्थापना दिवस मनाउने सिलसिलामा सबै नेपाल भरीका सामुदायिक बनहरुमा वन वातावरण जैबिक विविधता, वन संरक्षण, बृक्षारोपण, वनको क्षयीकरणसम्बन्धी जनचेतनामूलक विभिन्न कार्यक्रम गरी वनको दिगो ब्यवस्थापन गर्दै सामुदायिक अधिकार उद्यमशीलता र सशक्त संगठन समृद्धिको आधारका नारा सहिद बिभिन्न कार्यक्रममा साथ मनाउने उद्देश्य भए तापनि देशको विकराल स्थिती कोरोना भाइरसको कारण बिश्वजगत् नै लकडाउनमा फसेको अबस्थाले बार्षिक स्थापना दिवस आम उपभोक्ता र स्थानीय सरोकारवाला निकायहरु समेतमा पनि यस बिषयको सन्देशमूलक जानकारी दिन खोजिएको हो ।
हामीले सामुदायिक बन उपभोक्ता महासंघ नेपालको समन्वयमा २०७७ जेष्ठ १६ गते सम्भव भय पत्रपत्रिकामार्फत सबैलाई जानकारी गराउने र जेष्ठ १७ गते साँझ सबै समूहका जिम्मेवार पदाधिकारीहरुलाई आ–आफ्नो घरमा भए पनि दीप प्रज्ज्वलन गर्ने जानकारी गराउने र १८ गते सम्भव भए पायक पर्ने समूह वा आ–आफ्नो करेसाबारीमा भए पनि एक÷एकवटा महत्वपूर्ण बिरुवाको बृक्षारोपण गर्ने आह्वान गरेको हुँदा हामीले दाङमा रहेका सबै स्थानीय उपमहानगरपालिकास्तरीय र गाउँपालिकास्तरीय महासंघका अध्यक्षहरुलाई परिपत्र गरिसकेका छौँ ।
र बन बाताबरण, जैबिक बिबिधताको महत्व बुझ्दा–बुझ्दै पनि केही तस्करहरु निजी स्वार्थको लागि देशमा लकडाउनको मौका छोपी राष्ट्रिय तथा सामुदायिक बनहरुमा वन र वन्यजन्तुको चोरी शिकारी तथा वनको काठ चोरी हुँदै आएको दाङका जिल्ला वन डिभिजन प्रमुखले उक्त तस्करहरु केही मात्रामा पक्राउ गर्न सफल भएको समाचार हामीले प्राप्त गरेका छौँ । यो अबस्थामा तस्करहरु निकै अग्रसर हुँदै आएका छन् । यस्तो हुनु भनेको मानव जीवन र वातावरण जैबिक बिबिधतामाथि अपमान गरिएको हो ।
हामीलाई हाम्रो प्रकृतिले सृष्टिचक्रलाई निरन्तरता दिन दिगो भर्तीलाई नै जैबिक बिबिधताले भरीपूर्ण गराएको कारण हामीले स्थानीय बन सम्पदाको माध्यमबाट बिभिन्न खाले योजनाका नाममा वन बिकास र वन संरक्षण, जैबिक विविधताको माध्यमबाट बिभिन्न टुरीजमको आगमनको माध्यमबाट ठूलो परिणामको आर्थिक बृद्धि गर्न सकिन्छ र गरिरहेका छौँ । त्यसैले त हाम्रो धर्ती सुन्दर फुलबारी बन्न सकेको छ । धर्तीमा उत्पन्न भएका सबै पक्ष आपसमा एकरुपता हुन सकेका छन् ।
त्यसैले एकबिना अर्काको अस्तित्व सम्भव हुनै सक्दैन । त्यसैले भन्ने गरिन्छ, बाघबिनाको बनको कल्पना कस्तो होला ? जहाँ बाघ छैन त्यहाँ वन छैन वन छैन त बाघको के अस्तित्व ? बाघले खाने चारो आखिर बनमै त बस्छन् । यस्ता बिषय लाई यथार्थमा पृथ्वीका प्राणीमा सबैभन्दा उत्तम मानिने हामी मानिसले आफ्नो निजी स्वार्थको निम्ती हामै्र जैबिक बिबिधताको आफै बिनास गर्दै आएका छौ । अबत मानव धेरै परिवर्तन भइसकेको र शिक्ष्ति भइसकेको अवस्था हो भनिन्छ तर आज २१औँ शताब्दीमा आइपुग्दा पनि उही पुरानै अवस्थाको ब्यवहार देखिनु भनेको पक्कै पनि नेपालको लागि राम्रो पक्ष हुँदै होइन ।
अब आउँदा दिनहरुमा मानबको सुरक्षा र राष्ट्रको दिगो विकासका लागि नेपालको जैबिक बिबिधताको पक्षमा संरक्षणको पाटोलाई प्राथमिकतामा राख्दै बिकासका गुरुयोजना निर्माण गर्नु आजको आवश्यकता हो कुनै पनि विकास निर्माणको सवालमा जैबिक बिबिधताको महत्वलाई बुझ्न सकेको अबस्था छैन । र गाउँबस्तीमा बस्ने सोझा–सिधा जनताले यस्तो गम्भीर प्रश्न बुझ्न सम्भब छैन । यो प्रकृतिले सित्तैमा हामीलाई दिएको सुन्दर फुलसहितको पृथ्वीलाई अशक्त, कुरुप बनाउने मानवीय सोचको कारण मानवीय अस्तित्वसमेत ठूलो संकटमा परेको बिषय संसारका बिज्ञहरुले भन्दै आएका छन् । र उनै बैज्ञानिकहरुले संयुक्त हस्ताक्षर पनि गर्दै आएका छन् । पर्यावरणको बारेमा बिश्वका नागरिकहरुलाई जानकारी गराउँदै आएका छन् ।
यो अबस्थामा नेपाल सरकारलाई अहम् आर्थिक सहयोग हुँदै आएको र आगामी दिनमा पनि सरकारले समृद्ध नेपाल र सुखी नेपालीको हौवा दिँदै आएको सरकारको स्थानीय बन सम्पदा, चुरे संरक्षण, जैबिक बिबिधताको माध्यामबाट नेपालका बिभिन्न जिल्लामा स्थापित राष्ट्रिय तथा सामुदायिक बन क्षेत्रभित्र धेरै प्रकारका आर्थिक सम्भाबना बोकेको क्षेत्रलाई यो २०७७÷२०७८ को बजेटले खासै सार्थकता पाएको देखिएन, सरकारले जहाँबाट बढी आर्थिक उत्पादन लिन्छ र लिँदै आएको छ त्यसतर्फ वास्ता गरिएन ।
र सर्बप्रथम नेपाललाई कृषि क्षेत्रमा अब्बल गराई खाद्यबस्तुमा परनिर्भर नभई घरनिर्भर हुनसक्ने योजना ल्याउनुपर्नेमा आगामी बजेटले दूधजन्य बस्तु र मासुजन्य वस्तुमा हामी आत्मनिर्भर हुने योजना ल्याएको छु भन्ने अर्थमन्त्रीको बजेट भाषणले के जनाउँछ ? के नेपालीले अब दूध, दही, ध्यू र माछा, मासु, अण्डा मात्र भए पुग्छ त ? खाद्यको लागि आत्मनिर्भर हुने कृषि र कृषकको बारेमा किन महत्व दिएन ? तर धेरै जान्ने–बुझ्ने आर्थिक पाटोमा अनुभवी चेतना भएको सरकार छ भनिन्छ ।
तर नेपालमा नागरिकहरुमा धेरै चेतना आइसकेको हौवा दिने पक्षको संख्या कम छैन । चेतनाको अभिबृद्धि बैचारिक प्रक्रिया हो । जब परिवर्तनको क्रममा सामाजिक बास्तबिकतालाई मानिसले आफ्नो बस्तुगत स्थितीसँग जोडेर हेर्न थाल्छ त्यसबखत उसलाई आफ्नो सामाजिक अस्तित्वबारे नयाँ चिन्ता लाग्नु वा नयाँ प्रश्नहरु गर्नु स्वाभाभिक हुन आउँछ । हिजोसम्म कुनै ठिक सम्झिएका सामाजिक अन्तर्सम्बन्ध र क्रियाकलापहरुबारे अनेक प्रश्न दृष्टिकोणको निर्माण हुन थाल्छ ।
यसक्रममा हिजोको सम्झना, संस्कार र सामूहिकतामा बहने अनुभब संस्था र इतिहासको आफ्नै महत्व रहन्छ भने अर्कोतिर परिवर्तनको क्रममा निस्किएको नयाँ प्रविधि र तत्वहरुले पुरानो सन्तुलन या प्रक्रियामा खलबल मच्चाउँछ । यसमानेमा भूत र गतिशील बर्तमानको संगमले सामाजिक अन्तर्सम्बन्धको बनावटप्रतिको दृष्टिकोणमा प्रभाब पार्दछ । अर्थात यदि भूत नै बर्तमानमा हावी छ भने त्यो समाज आँखा, कान, भए पनि हेर्न नसक्ने र सुन्न नसक्ने मानिसमा परिणत हुन्छ भने त्यही रुपमा भूतको अस्तित्व बर्तमानमा पटक्कै छैन भने मानिसको स्थित चौबाटोमा अल्मलिएको घरको ठेगाना नभएको बटुवामा परिणत हुन जान्छ ।
सामान्यतया भूतको सम्झना र वर्तमानको गतिशीलताले नयाँ दृष्टिकोणको निर्माण गर्न सक्छ र यसमानेमा नयाँ चेतनाको सुरुवात गराउँछ । यसको तात्पर्यता नेपालको राज्य सञ्चालकहरुले जे–जे परिवर्तनको ढोङ फुके पनि हिजोको जकडिएर बसेको नीति नियमको बारेमा आजको अबस्थासम्म आइपुग्दा उही पुरानै भूतको अस्तित्वमा रुमलिएको अवस्थालाई हेरिएको छ । अझै परिवर्तन गर्ने धेरै पुरानै भूतले कब्जा गरेको छ ।