Goraksha

National Daily

प्याव्सनद्वारा दलित बस्तीमा सहयोग

दाङ,२४ चैत । प्याव्सन घोराही नगर समितिले लकडाउनका कारण आर्थिक रुपमा समस्या परेका विपन्न दलित परिवारलाई खाद्यान्न सहयोग गरेको छ । प्याव्सनले आइतवार घोराही उपमहानगरपालिका वडा नं. ८ को सौरीमा रहेका २५ दलित घरपरिवारलाई खाद्यान्न सहयोग गरेको हो ।

घोराही उपमहानगरपालिकासँगको समन्वयमा व्याव्सनले चामल,दाल,तेल,नुन,तेलसँगै हातधुनलाई सावुन र सेनेटाइजर सहयोग गरेको प्याव्सन दाङका कोषाध्यक्ष आदिम केसीले जानकारी दिएका छन । आर्थिक रुपमा कमजोर दलित परिवारमा लामोसमय भएको लकडाउनका कारण खानलाई समस्या परेको थियो ।

सहयोग कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. ८ का वडा सदस्य बलबहादुर बुढाथोकी, प्याव्सनका केन्द्रीय सदस्य यादव गिरी, केशव थापा, प्याव्सनका जिल्ला उपाध्यक्ष निर्मल न्यौपाने, जिल्ला सचिव खगेश्वर पाैडेल, प्याव्सन घोराही नगर समितिका अध्यक्ष बिरेन्द्र चन्द,नेपाली कांग्रेसका कुलप्रसाद रजौरे श्रवणलगायतको उपस्थीति रहेको थियो ।