लघुवित्तिय संस्था विरुद्ध पीडितहरु सडकमा

  •   
  •  

दाङ, २१ साउन । लघुवित्तिय संस्थाबाट पिडितहरुले घोराहीमा प्रर्दशन गरेका छन् । लघुवित्तिय संस्था विरुद्धको सङघर्ष समितीको आयोजनाना शनिवार घोराहीमा प्रर्दशन गरिएको हो । विभिन्न ५ बुदे माग राख्दै देश भर वाट लघुवित्तिय संस्था वाट पिडितहरु आन्दोलित भएका छन् ।

उनीहरुले नवसामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेज गर, लघुवित्तिय संस्थाहरुद्धारा लगाएको सामुहिक ऋण मिनाह गर, आम गरिव किसानहरुलाई नि शुल्क ऋण प्रदान गर, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर, समाजवादी अर्थतन्त्रको विकास गरको माग गदै पिडितहरु आन्दोलित भएका हुन् ।

प्रर्दशनका सहभागिहरुले लघुवितिय संस्थाहरुको कारण धेरै महिलाहरुले घर छोडनु पर्ने तथा आत्म हत्या समेत गर्नु पर्ने आवस्था आएको बताएका थिए । संस्थाले दिने दवावका कारण यस्तो अवस्थामा आउने गरेको उनीहरुको भनाइ रहेको थियो । लघुवित्तिय संस्थाहरु खारेजी हुनु पर्ने समेत बताए । लघुवित्तिय संस्था संघर्ष समितीका लुम्बिनी प्रदेश अध्यक्ष गगन विश्वकर्माले लघुवित्तिय संस्थाहरुले सोझा साझा नागरिकहरुलाइ ज्याजती गरेको आरोप लगाए ।

लघुवित्तिय संस्थाले गरेको ज्याजतीका विरुद्ध देश भर आन्दोलन गरिने बताए । यसका वारेमा नागरिकहरुलाइ सचेत वनाउन जरुरी रहेको उनको भनाइ रहेको थियो । घर घरमा पुगेर विना धितो ऋण दिने नाममा प्रलोभनमा पारेको उनको भनाइ रहेको छ । गरिव तथा विपन्न परिवारलाइ समुहमा वसाएर विभिन्न प्रलोभनमा फसाउने उनले बताए । ‘ समुहमा महिलाहरुलाइ मात्र किन बसाइन्छ ? उनले प्रश्न गरे ’ ।

पुरुषलाइ कतै पनि वसाइदैन महिलाहरुलाइ सहज रुपमा झुकाउन सजिलो भएकाले यस्तो गरिने उनको भनाइ रहेको छ । ‘लघुवित्तिय संस्थाहरुले सरकारको निती भन्दा वाहिर गएर काम गरेका छन्’ उनले भने । यसरी सरकारको निती भन्दा वाहिर गएर काम गर्नेलाइ कारवाही गरिनु पर्ने समेत उनले बताए ।

‘ऋणको व्याज समेत सरकारले तोकेको भन्दा वढी लिने गरेका छन् ’ उनले भने । ऋण ल्याउदा समेत विभिन्न नाममा रकम काटने गरेको उनले बताए । ‘१ लाख ऋण ल्याउदा ८५ हजार मात्र ऋण पाउने गर्दछन्’ उनले भने । हरेक वर्ष विमाको नाममा रकम लिने गरेको उनी बताउछन् ।
तुलसीपुरकी सिता परियारले लघुवित्तिय संस्थाले महिलाहरुलाई दवाव दिने गरेको बताइन् । ऋण तिछौ भन्दा पनि धमकाउने गरेको बताइन् । किस्ता भनेको दिन दिन सके धेरै जरिवाना लगाउन गरेको बताइन् ।

लुवित्तिय संस्थाहरुले व्याज समेत महङगो लिने गरेको उनको आरोप रहेको छ ।
तुलसीपुरका पुष्पा वलीले लघुवित्तिय संस्थाहरुले समयमा ऋणको किस्ता नतिदा भौतिक आक्रमण गर्ने गरेको बताइन् । विभिन्न डर क्रास देखाएर महिलाहरुलाई धम्काउने गरिएको उनको भनाइ रहेको छ । आफुहरुले पटक पटक सिप मुलक तालिम माग गरेपनि पाउन नसकेको बताइन् । सिप मुलक तालिम पाएमा ऋण तिर्न तथा व्यवासाय गर्न सहज हुने गरेको बताइन् । सिप नहुदा ऋण तिर्न समेत समस्या हुने गरेको उनको भनाइ रहेको थियो ।

घोराहीका सितापती चौधरीले लिएको ऋण समयमा नतिरेको भन्दै आक्रमण समेत भएको बताइन् । पटक पटक धम्की समेत दिने गरेको उनको भनाइ रहेको छ । ‘पटक पटक मैले काम गर्ने अफिमा गएर समेत दवाद दिने गर्नु भएको छ ’ उनले भनिन् । ऋण लिएर किनेको अटो लगि दिने धम्की दिदै आइ रहनु भएको छ । घोराही १६ का उषा धामीले लघुवित्तीय र मिटर व्याजले गर्दा आफुले २ कठा जग्गा समेत वेच्नु परेको बताइन् ।

लकडाउन भन्दा पहिले आफनो व्यावसाय राम्रो चलेको र सहज रुपमा ऋणको किस्ता निर्त सहज भएको तर लकडाउन पछि किस्ता तिर्न समेत समस्या भएको उनले बताइन् । सयममा किस्ता नतिदा धेरै व्याज लिने गरेको बताइन् । अहिले ऋणको कारण नै आफनो परिवारमा समेत राम्रो समवन्ध नभएको उनको भनाइ रहेको छ ।