जिल्ला बारको अध्यक्षमा घिमिरे निर्वाचित

  •   
  •  

दाङ,२१ साउन । जिल्ला बार एशोसियसनको अध्यक्षमा मुरली घिमिरे विजयी भएका छन् । उनले डिएल प्यानलको नेतृत्व गरेका थिए ।

शनिवार भएको मतदानमा कोषाध्यक्ष बाहेक अरु सवै पदमा घिमिरेको प्यानल विजयी भएका छन् । कोषाध्यक्षमा भने प्रगततिशल कानुन व्यवसायीका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा घिमिरे ६७ मत प्राप्त गरेर विजयी भएका छन । उनका प्रतिष्पधी मेघराज लम्सालको ५९ मत प्राप्त गरेका छन ।

त्यसैगरेर उपाध्यक्षमा घिमिरे प्यानलका किरणकुमार रेग्मी विजयी भएका छन् । उनले ८३ मत प्राप्त गरेका छन भने उनका प्रतिस्पधी लुमवहादुर कार्कीले ४२ प्राप्त गरेका छन् ।

सचिवमा सन्तोष पोख्रेल ७३ मत ल्याएर विजयी भएका छन् । पोख्रेल पनि घिमिरे प्यानलका हुन । उनका प्रतिष्पधी कृष्णप्रसाद आचार्य ५१ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा नारायणप्रसाद डाँगी ६१ मत ल्याएर पराज भएका छन् । कोषाध्यक्षमा प्रगतिशिल प्यानलका उम्मेदवार भरत न्यौपानले ६३ मत लिएर विजय भएका छन् ।

सहसचिवमा रेश्मी पाण्डे धिताल ६९ मत ल्याएर विजय हुदा उनका प्रतिष्पर्धी हरि चन्द्राकुमारी ओलीको ५६ आएको छ । त्यसैगरेर सदस्यहरुमा निश्चल हमाल ७४ मत, माधव देवकोटा ६५ मत, तिलकबहादुर केसी ६५ मत, खटकु गिरीले ८२ मत, नारायणप्रसाद रिजाल ८० , विष्णुप्रसाद शर्मा ६७ र डम्वर वुढाथोकी ७९ मत प्राप्त गरेर सदस्यमा विजय भएका छन् । जिल्ला बारमा कुल १ सय ३३ मतदातामा १ सय २७ मत खसेको थियो ।