आठ वर्षीया बालिकालाई बलात्कार गर्ने पुरुष पक्राउ

तुलसीपुर, १८ साउन । आठ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा पश्चिम दाङ एकजना पक्राउ परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।         पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका –५ निबासी २९ बर्षका चमन बिक रहेको ईलाका प्रहरी कर्यालय तुलसीपुरका इन्चार्ज तथा डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन् । घटना पाए लगत्तै प्रहरी निरीक्षक मान बहादुर केसीको नेतृत्वमा गएको प्रहरी टोलीलले आरोपीलाई बिजौरीबाट पक्राउ गरेको हो ।

आरोपीले बालिकालाई मंगलबार मकैबारीमा लगेर बलात्कार गरेको डिएसपी अर्यालले बताए । साँझपख खेतबाट आएकी आमालाई शारिरीक दुःखाईको विषयमा जानकारी गराएपछि सोधपुछ गर्दै जाँदा बलात्कार भएको घटना खुलेको हो । घरमा कोहि नभएको मौका पारेर बालिकलाई करणी गरेका बिकले कोही कसैलाई नभन्न बालिकालाई भनेको प्रहरीले बताएको छ ।