लकडाउनको समयमा दैनिक उपभोग्य बस्तु घरघरमा
घोराही उपमहानगरपालिकाको सहकार्यमा दाङ उद्योग बाणिज्य संघले उपभोक्तालाई दैनिक आवश्यकका बस्तुहरु चामल,दाल,तरकारी,ग्यास,मासुलगायतका बस्तुहरु घरघरमै पुर्याउन सुरु गरेको हो ।
यसअघि जिल्ला प्रशासन कार्यालयले खाद्यवस्तु खरिदका लागि बिहान ६ बजेदेखि ९ बजेसम्म दैनिक ३ घण्टा समय छुट्टयाएको थियो। तर उक्त समयमा तरकारी बजारसंगै खाद्यान्न पसलहरुमा भिडभाडसंगै कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै घरघरमा सामान पु¥याउने व्यवस्था गरिएको दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिएका छन । सुरुमा घोराही उपमहानगरको मुख्य बजारक्षेत्र वडा नम्बर १४ र १५ का विभिन्न बस्तीहरुमा होमडेलिभरीको व्यवस्था गरिएको भएपनी अहिले उपभोक्तको माग अनुसार १,२,३,४,१६,१७ र १८ नम्बर वडासम्म होम डेलिभरीको ब्यवस्था गरिएको अध्यक्ष भुसालले बताए । “सकेसम्म ग्रामीण क्षेत्रमा उतै ब्यबस्था गर्न भनेका छौ”,उनले भने ,”यदि समस्या देखिए हामी खाद्यान्न पुर्याउछौ ।”

उपभोक्ताको घरघरमा दैनिक उपभोग्य सामन पुरयाउनुका लागि उद्योग वाणिज्य संघले खाद्यान्नका लागि ५ वटा गाडी, तरकारीका लागि ५ वटा गाडी , फलफूलको ५ वटा , माछा मासुका लागि ३ वटा र ग्यासलगायत गरि अहिले दैनिक २३ वटा गाडीमार्फत दैनिक उपभोग्यका बस्तु पुरयाउने काम भैरहेको अध्यक्ष भुसालले बताएका छन।

उपभोक्ताको घरघरमा दैनिक उपभोग्य सामन पुरयाउनुका लागि उद्योग वाणिज्य संघले खाद्यान्नका लागि ५ वटा गाडी, तरकारीका लागि ५ वटा गाडी , फलफूलको ५ वटा , माछा मासुका लागि ३ वटा र ग्यासलगायत गरि अहिले दैनिक २३ वटा गाडीमार्फत दैनिक उपभोग्यका बस्तु पुरयाउने काम भैरहेको अध्यक्ष भुसालले बताएका छन।
उपभोक्तको घरसम्म खाद्यान्न तरकारीलगायत सामान आपूर्ति गर्ने जिम्मेवारी अनुसार दाङ जिल्ला उद्योग वाणिज्य संघले होम डेलिभरिको काम गरिएको छ। संघले विभिन्न बस्तुगत उपसमितिको समन्वयमा घरघरमा समान पुरयाउने काम गरिरहेको छ ।
लकडाउनको समयमा उपभोक्ताहरुलाई घरघरमा दैनिक उपभोकका लागि आवश्यक सामन पठाउन थालेपछि बजार भिडभाड कमि भएको घोराही उपमहानगरपालिका वडा न १५ का अध्यक्ष रमेशकुमार पाण्डेले बताएका छन । घरमै दैनिक आवश्यक पर्ने बस्तुहरु पाइन थालेपछि उपभोक्तालाई समेत सहज भएको छ ।
