राप्ती इन्जिनियरीङका उत्पादन ६ सय बढि रोजगारीमा

गोरक्ष समाचारदाता
दाङ, १७ साउन । प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने मूल लक्ष्यका साथ घोराहीमा स्थापना भएको राप्ती इन्जिनियरीङ कलेजले वेरोजगारी घटाउनकालागी अर्थपुर्ण भुमिका निर्वाह गरेको छ ।

कलेजले सोमवार साझ गरेको पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार जिल्लामा कम्तिमा ३० प्रतिसत प्राविधिक जनशक्ति राप्ती इन्जिनियरीङकै उत्पादन भएको दावी गरेको छ । हाल सम्म सो कलेजबाट अध्ययन पुरा गरेका कम्तिमा ६सय ६८ जना विद्यार्थिहरु रोजगारीमा लागीसकेको पनि कलेजले जनाएको छ ।

राष्ट्र निर्माणका लागि दक्ष जनशक्ति उत्पादनको कार्यलाई टेवा पु¥याउने उद्देश्यले प्राकृतिक रुपले मनोरम स्वास्थ्य, शिक्षा, कृषि तथा पर्यटकीय दृष्टिकोणले अत्यन्त उर्वर भूमि लुम्बिनी प्रदेशको राजधानी दाङको सुन्दर नगरी घोराहीमा २०६४ सालमा राप्ती इञ्जिनियरिङ कलेजको स्थापना गरिएको हो ।

पोखरा विश्वविद्यालयबाट सम्वन्धन प्राप्त केहि शैक्षिक कार्यक्रम तथा प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परीषदबाट स्वीकृती प्राप्त छोटो अवधिका व्यवसायीक तालिम सन्चालन गर्दे आएको सो कलेजले आगामि दिनमा पनि प्राविधिक शिक्षालाइ समयसुहाउदा कार्यक्रम ल्याएर पुर्णता दिलाउने पनि पत्रकार सम्मेलनमा कलेजका सिइओ मधुसुदन वैद्धले जानकारी दिएका छन् ।

कलेज स्थापना पश्चात २०६५ सालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) सानोठिमी भक्तपुरबाट सम्बन्धन प्राप्त गरी डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ ३ वर्षे कार्यक्रम र २०६६ मा पोखरा विश्वविद्यालयबाट ४ बर्षे विसिए कार्यक्रम सञ्चालन गरिएको छ । विसं २०६८ सालमा पोखरा विश्वविद्यालयबाट थप कार्यक्रमको सम्बन्धन प्राप्त गरी ४ वर्षे विइ सिभिल र विइ फ्लेक्स एण्ड कम्युनिकेशन कार्यक्रम सन्चालनमा रहेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

कलेजका प्राचार्य रेशम गिरीको अध्यक्षतामा भएको कार्यक्रममा २०७१ सालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सानोठिमी, भक्तपुरबाट सम्बन्धन प्राप्त गरी १८ महिने अमिन, डिप्लोमा इन इलेक्ट्रीकल इन्जिनियरीङ तथा प्रि डिप्लोमा इन इलेक्ट्रीकल इन्जिनियरीङ कार्यक्रम सन्चालन गर्दे आएको बताइयो ।

त्यसैगरी डिप्लोमा तहका सिभिल, इलेक्ट्रिकल, आर्किटेक्चर, फरेष्टी, एग्रीकल्चर र मेकानिकल इञ्जिनियरिङ कार्यक्रमहरुको लागि सिटिइभिटीमा प्रस्तावना पेश गरी सम्भाव्यता अध्ययन समेत सम्पन्न भएको छ ।

समयको माग, राष्ट्रको आवश्यकतालाई मनन गरी समाजमा व्याप्त रहेको बेरोजगारी हटाई रोजगारी प्रबद्र्धन गरी आत्मनिर्भर गराउने उद्देश्यले कलेजको स्थापना भएको हो । कलेज स्थापना पश्चात यस क्षेत्रका मध्यम तथा निम्न बर्गका विद्यार्थीहरुले सर्वसुलभ तरिकाले इञ्जिनियरिङ विषयको अध्ययन गर्न पाउने सौभाग्यलाई यस कलेजले पूरा गरेकोमा कलेजले गर्व गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै सिइओ मधुसुदन बैद्धले सिटिइभिटिका कार्यक्रममा अध्ययन पुरा गरेका विद्यार्थिहरुले वैदेशिक रोजगारीमा पहि सहज रुपमा काम पाएको स्मरण गर्दे शिप सिकेर विदेश जान पनि आग्रह गरे । साथै सिटिइभिटिका शैक्षिक कार्यक्रमहरुको भर्ना खुल्ला भएको पनि बताइएको छ ।

सिटिइभिटि र विश्वविद्यालय तर्फ दुवै शैक्षिक कार्यक्रममा नेपाल सरकारले तोके वमोजिम ४÷४ जनालाइ पुर्ण रुपमा छात्रबृत्ति उपलव्ध गराइएको तथा कलेजका तर्फबाट स्थानिय पालिकाको सिफारीसमा दश प्रतिसत छात्रबृत्ति तथा लायन्स क्लवमा आवद्ध परीवारका विद्यार्थिहरुलाइ पनि संस्थाको सिफारीसका आधारमा दश प्रतिसत छुट दिने व्यवस्था भएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

१ बिगाह क्षेत्रफल जग्गामा सम्पूर्ण पूर्वाधार तयार गरी कलेज सञ्चालन भइरहेको छ । विद्यार्थीहरुलाई खेलकुदको लागि चाहिने बास्केटवल, भलिवल, टिटि, व्याडमिन्टन कोड कलेज परिसर भित्रै तयार गरिएकोे छ । एकेडेमिक भवन, प्रयोगशाला, वर्कसप, लाईव्रेरी, प्रशासनिक भवन, क्यान्टिनको लागि अलग अलग भवन बनाइएको छ । साथै कलेजमा रोजगार तथा परामर्श शाखा महत्वपुर्ण शाखा रुपमा रहेको पनि सो अवसरमा बताइयो । कलेजकै उत्पादन कम्तिमा आधा दर्जन व्यक्तिहरुले सोहि कलेजमा रोजगारी समेत पाएका छन् ।

नेपाल सरकार विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगत तत्कालिन उच्च स्तरीय सूचना प्रविधि आयोजद्धारा स्थापित सूचना प्रविधि अनुसन्धान तथा विकास केन्द्र र राप्ती इञ्जिनियरि कलेजद्धारा स्थापित

रेक अनुसन्धान तथा विकास केन्द्रले अनुसंन्धानको कार्यलाई अगाडी बढाइ रहेका छन् ।
पछिल्लो समयमा कलेजले सुचना प्रविधिका तथा रिसर्चका कार्यक्रमलाइ बढि प्रार्थमिकता दिइएको प्राचार्य गिरीले बताएका छन् ।

यस कलेजमा व्याचुलरतर्फ विसिए र बिई सिभिल कार्यक्रममा २०६ जना, डिप्लो इन कम्प्युटर इञ्जिनिययिङ र १८ महिने टिएसएलसी कार्यक्रममा २०८ १ ८५ गरी जम्मा ३९१ विद्यार्थीहरुले अध्ययन गरिरहेका छन.। ३६ जना विद्यार्थीहरुले पूर्ण छात्रवृद्धिमा अध्ययन गरिरहेका छन् र केहि विद्याथीहरुले आशिक शुल्कमा अध्ययन गरिरहेका छन् ।

यस कलेजवाट ६८८ जना विद्यार्थीहरु अध्ययन पुरा गरी विभिन्न सरकारी कार्यालय, गैरसरकारी संघसंस्था, स्कुल, कलेज तथा विदेशमा रोजगारीमा रहेका छन् । बिई सिभिल पहिलो व्याचका छात्र दिपक खड्का इन्जिनिययिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम भएका छन् । विसिए पाचौं व्याचका छात्र आयुष श्रेष्ठ विश्वविद्यालय प्रथम भइ गोल्ड मेडल विजेत ाबनेका छन् ।