तुलसीपुर,१७ साउन । तुलसीपुर – ११ उरहरीमा रहेको अमर माध्यमिक विद्यालयले बधाई तथा विदाई कार्यक्रम गरेको छ । विद्यालयले एसईईमा उतीणर््ा विद्यार्थीलाई बधाई तथा स्वैच्छिक अवकास लिएका निमावि विज्ञान शिक्षक नारायणप्रसाद भण्डारीको विदाई गरेको हो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खुसीराम चौधरीको अध्यक्षता तथा उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्य एवं वडाध्यक्ष मानबहादुर रावतको विशिष्ठ आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा विभिन्न जिपिएल्याई उतीर्ण ७२ जना विद्यार्थीलाई टिका,खादा लगाई डायरी दिएर बधाई ज्ञापन गरिएको थियो ।
त्यसैगरी अवकास प्राप्त शिक्षक नारायणप्रसाद भण्डारीलाई दोसल्ला ओढाई सम्मान पत्र र मायाको चिनो प्रदान गरिएको थियो । त्यस्तै विद्यार्थीहरुबाट टिका माला सगैं मायाको चिनो प्रदानगरिएको थियो ।
शिक्षक निर्मलककुमार वलीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले सामुदायिक विद्यालयलाई अव्वल बनाउन शिक्षक र विद्यार्थीको भुमिका हुने भएको हुदा त्यसतर्फ ध्यानआग्रह गरेकी थिईन ।
कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष टेकबहादुर केसी,प्रधानाध्यापक पदमबहादुर वली, शिक्षकहरु गोमा बालन क्षेत्री, देवबहादुर वली, अवकाश प्राप्त शिक्षक नारायणप्रसाद भण्डारी, शिक्षक अभिभावक संघका अध्यक्ष लिलाधर डाँगी , विद्यार्थीहरु बिमला सुनार, डोटीराम परियारलगायतले बोलेका थिए ।
कार्यक्रमको सहजीकरण शिक्षक यज्ञबहादुर अधिकारीले गरेका थिए । सो अवसरमा विद्यार्थीहरुले सांस्कृतीक प्रस्तुती राखेका थिए ।