जलवायुको घेरामा विश्व

भूपेन्द्र सुवेदी
आजको सबैभन्दा महत्वको बिषय भनेको विश्वको जलबायु परिवर्तनले पारेको असरको बारेमा राज्यका सम्बन्धित निकायको खासै महत्वको बिषय बन्न सकेन किन ? जलबायु प्रणालीलाई प्रभाब पर्ने प्राकृतिक अवयवहरुकै खोजमूलक कार्य हुन आवश्यक छ । जस्तै जाडो याममा ठण्डी, गर्मीमा तातो, बर्षा यामको झरी, आदि प्राकृतिक जलबायु प्रणालीमा आधारित छन् । यो प्रणाली निरन्तर चलिरहेको र हामीले अनुभब गररिहेको प्रक्रिया हो, जसलाई बिभिन्न अवयवहरुले निर्धारण गरेको हुन्छ ।

यसका ईतिहास बिज्ञहरुको भनाइअनुसार सूर्य पृथ्वीबाट करीब ९ करोड, ३० लाख माईल टाढा आकासमा बलिरहेको ग्यासिय पिण्ड हो । सूर्यबाट पृथ्वीले प्रशस्त प्रकाश र ताप पाइरहेको हुन्छ । सूर्यकै तापका कारण पृथ्वीको मौसम र जलबायुमा रिन्तर परिवर्तन आइरहन्छ । सूर्यबाट निरन्तर तातोले पानीलाई वाष्पीकरण गराउँछ । यो जलवाष्प आकाशमा पुगेर कनदलमा रुपान्तरण हुन्छ । बादल चिसो भएपछि बर्षाका रुपमा पुनः पृथ्वीमा झर्दछ । पृथ्वी सूर्यको कक्षामा घुम्दा कहिले यसको दक्षिण भागमा गर्मी हुन्छ भने कहिले उत्तर भागमा । यसैगरी सूर्यको प्रकाश परेको क्षेत्रमा दिन हुन्छ भने छायाँ परेको क्षेत्रमा रात हुन्छ । सूर्यकै कारणले गर्दा नै पृथ्वीका कुनै ठाउँ गर्मी र कुनै चिसो हुन्छ ।

तातो क्षेत्रको बायु हलुका भएर माथि उठ्ने र चिसो बायु त्यसतर्फ जाने प्रक्रिया नियमितरुपमा चलिरहन्छ । यो नै हावा चल्नुको प्रमुख कारण हो भन्नेमा बिज्ञहरुले आ–आफ्नो राय राखेका छन् ।
यसका बिभिन्न बैज्ञानिकहरुको आफ्नो अध्ययनअनुसार उत्पत्ति हुँदाका बखत पृथ्वीको भूभाग एकैढिक्का थियो । बिस्तारै बिशाल जमिन टुक्रिएर हालको बिद्यमान सात महादेशहरुको सृजना भएको हो भन्ने बैज्ञानिकहरुले पुष्टि गरेका छन् । सामान्यतया यी महादेशहरुको हलचललाई नै महादेशीय हलचल भनिन्छ । यो एक प्राकृतिक प्रणाली हो ।

एउटै बिरुवा र जीवजन्तुको अबशेष, बिभिन्न महादेशीय किनाराहरुमा भेटिनु दक्षिण, अमेरिकी, पूर्बी तटीय क्षेत्र र अफ्रिकाको पश्चिम तटीय क्षेत्रमा पाईने बनस्पति एबं जीवावशेष, चट्टानका तहहरु बीचको समानताजस्ता तथ्यहरुमा आधारित रहेर बैज्ञानिकहरुले महादेशहरु एकै समयमा बनेका हुन् भनी पुष्टि गरेका छन् । महादेशीय हलचलका कारण एउटै जीबाणु छुट्टाछुट्टै ठाउँमा पाइएको हो । यस्तो हलचलले जमिनको भौतिकरुपका साथै जलश्रोतको स्थान पनि परिवर्तन हुन्छ । समुन्द्री तरंग तथा हावाको बहाव परिवर्तन भई जलबायुमा प्रभाव पर्दछ ।

हिमालय क्षेत्रले पृथ्वीको जलबायुमा महत्वपूर्ण भूमिका निर्बाह गर्ने हुनाले यसमा हुने परिवर्तनले जलबायुमा पनि प्रभाब पार्दछ । पृथ्वीको सतहको कमलो भाग फुटेर भित्री भागबाट जलवाष्पसहित ग्यास, ठोस र तातो तरल पदार्थ अर्थात म्याग्मा बाहिर निस्कनु नै ज्वालामुखी बिस्फोट हुनु हो । यस्ता पदार्थहरुमा ६० देखि ९० प्रतिशतसम्म जलवाष्प र बाँकी कार्बनडाईअक्साईड, सलफरडाईअक्सासाईड, नाईट्रोजन आदि हुन्छन् ।

विश्वका बैज्ञानिकहरुको सभा सम्मेलनजस्ता ठूला–ठूला कार्यक्रमहरुमा पनि नेपाल सरकारले भाग नलिएको पनि होइन तर यसको बारेमा सरकार स्वयंले यो कार्यक्रम नेपालमा सञ्चालन गरेको पाइँदैन । खाली बिषयबस्तुसँगको कार्यक्रममा सहभागीको रुपमा कसै–कसैको संघसंस्थालाई समावेशी गराएको मात्र हो । तर मौसम परिवर्तनका साथसाथै जलबायु परिवर्तनले पारेको असरको बारेमा तलभन्दा तल गाउँ समाजले बुझ्ने खाले सचेतनाका कार्यक्रम हुनुपर्ने र सरकारको मुख्य दायित्वभित्र पर्दछ ।

मौसमका अस्वभाबिक वा अनिश्चितता छाउनुलाई नै जलबायु परिवर्तन भन्न सकिन्छ । हिउँदमा बढी पानी पर्नु वा बर्षामा पानी नै नपर्नु आजभोलिको अबस्था जस्तो बर्षामा पनि नै नपर्नु यस्तो परिवर्तनका संकेतहरु हामीले ब्यहोर्दै छौ । फलस्वरुप हिउँदमा हिमालमा हिउ पर्न छाड्छ भने बर्षामा पर्याप्त बर्षा हुँदैन । जस्तै आजभोलि नेपाल मात्र नभएर दक्षिण भारतको आधा भाग पानी नभएर खेत बाँझै रहेको समाचार आइरहेको अबस्था छ ।

यसै सन्दर्भमा सामुदायिक बन उपभोक्ता महासंघ नेपाल देसैभरी छरिएर रहेका सामुदायिक वन उपभेक्ता समूहको छाता संगठन हो र प्राकृतिक स्रोत तथा साधनमा बिशेषगरी बन क्षेत्रमाथि पछाडी पारिएका समुदायहरु, स्थानीय जनता, महिलाहरु तथा सीमान्तकृत समुदायको हकअधिकारको पक्षमा पैरबी गर्दै आएको संस्था हो ।

सामुदायिक बन उपभोक्ता समूह र अन्य सरोकारवाला संघसंस्थाहरु, ब्यक्तिहरुलाई जलबायु परिवर्तन र यसले पारेको प्रभावहरुको साथै सामुदायिक वन उपभोक्ता महासंघले स्थानीय, राष्ट्रिय तथा बिश्वब्यापी तहमा जलबायु परिवर्तन र यसले उत्पन्न गरेको जोखिमको ब्यबस्थापन तथा स्थानीय समुदायहरुको अधिकारको लागि गर्दै आएका प्रयत्नहरु बुझ्न सबैलाई सहज हुनेछ ।

जलबायु परिवर्तन र यसका असरहरु बिश्वब्यापी चासो र बहसको बिषय हो । यसबाट पर्न जाने दूरगामी असरहरुलाई न्यूनीकारण गर्ने तथा परेका असरहरुको सामना गर्न बनाइने नीति–नियम र योजनाहरुमा स्थानीय समुदायहरु, जनजाति, महिला तथा सीमान्तकृत समूहहरुको हकअधिकारका पक्षमा स्थानीय,राष्ट्रिय तथा अन्तर्राष्टिय तहमा समेत महासंघले पैरबी गर्दै आएको छ ।

धनी र औद्योगिक राष्ट्रहरुमा भएको प्रकृतिमाथिको अब्यबस्थित, अमर्यादित, मानवीय हस्तक्षेप नै जलबायु परिवर्तनको कारक तत्वहरु हुन् भने यसबाट सबैभन्दा बढी मारमा, जोखिममा पर्ने भनेका हाम्रो जस्तो गरीब बिपन्न राष्ट्रहरु नै भएका छन् । तर यसो भन्दैमा हामी हाम्रो जिम्मेवारीबाट पन्छिन सक्ने अबस्था नरहेको हुँदा अब के गर्ने भन्ने बहस सुरु गर्न घर–घर टोल–टोलहरुमा आ–आफ्नो जिम्मेवारीको बारेमा जानकारी गराउनुपर्नेछ । र आजको परिवेशमा पर्याबरणको क्षति दिनप्रतिदिन तीब्ररुपमा बढ्दै आएको छ ।

पर्यावरण क्षतिको स्थिति हेर्दा भविष्यमा यसको परिणाम अत्यन्तै भयाबह हुने स्थिति छ । पर्याबरण अर्थात प्राणीसँग प्रत्यक्ष सरोकार राख्ने बस्तु, पदार्थ एबं वरीपरीको अबस्था, परिवेश र बाताबरणलाई सामान्यतया पर्याबरण भनिन्छ । यसको अहिंसा मानव बिकास र पर्याबरणको मूलधार सम्झनु पर्दछ । सबैले जलबायु परिवर्नन र पर्याबरण, बाताबरण र यसबाट हुने क्षतिको ब्यबस्थापनको लागी हामी बन तथा जैबिक विविधताको संरक्षणको पाटोमा लागौँ ।

यसरी समूह र समूह बाहिर रहेको वन क्षेत्रमा सरकारले ल्यायको वन, वन्यजन्तु र मानवबीचको द्वन्द्व समाधान कसरी गर्ने ? आज एकातर्फ वनमा बाघको संख्या बृद्धिको खुसीयाली छ भने अर्कोतर्फ दिनप्रतिदिन बाघले बन्यजन्तुको आहारा नगरेर स्वयं मानिसकै आहारामा रमाएको स्थिति छ ।

अब राज्यले बाघको संख्या बृद्धिको लागि आफ्ना नागरिकको शिकार गराइरहने कि बाघको आहाराको अन्य ब्यबस्था गराउने वा बाघको करिडोर एरिया मानब बस्तीको कति दूरीमा राख्ने हो ? र राष्ट्रिय निकुञ्जको बहानामा धेरै नागरिकको ज्यान गैसक्यो, निकुञ्ज स्थापना पहिले र अहिलेको तुलना आफै गर्दा हुन्छ कति नागरिकहरुको ज्यान बाघबाट गयो ? जब बाघले मानिसको मासु खान थालेपछि अरुको आहारा नै मन नपराएजस्तो मानिसलाई नै आक्रमण गरेको उदाहरण बाँके, बर्दिया, निकुञ्जको क्षेत्रमा भएको बाघ र मानिसबीचको अबस्था हेरे पुग्छ ।

अब सरकारले कित त्यो क्षेत्रको नागरिकहरुलाई अन्यत्र सारेर ब्यबस्थापन गरी बाघबाट हुँदै आएको मानबको क्षतिप्रति गम्भीर भएर वन क्षेत्रको जिम्मा सरकारले लिने त्यहाँ नजिकका बस्ती अन्यत्र सारेर नागरिकको सुरक्षा गरौँ । नत्र हामीले यति संख्यामा बाघको बृद्धि गरेका छौँ भन्ने रिपोर्ट पठाउँदा यति संख्याबाट बाघको बृद्धि हुँदा बाघको शिकारबाट यति संख्यामा नेपाली नागरिकको ज्यान जान पुगेको भन्ने त्यो रिपोर्टमा समावेश गर्नुपर्ने कि नपर्ने ? यसको वास्तविक दुर्दशाको मूल्यांकन गरौँ ।

बाघ बचाउने र संख्या बढाउने निहुँमा आफ्ना नागरिकको संख्या बाघबाट घटाउनेमा हामी खुसी हुनुको कुनै अर्थ नरहला र यसको बिरुद्धमा नागरिक जाग्नेछन् ।