सुशान्तसिंह थापा बने गुरुकुलको ब्रान्ड एम्बेसेडर

दाङ, १५ साउन । गुरुकुल एकेडेमीले क्रिकेट खेलाडी सुशान्तसिंह थापालाई आफ्नो ब्राण्ड एम्वेसेडर बनाएको छ । घोराही उपमहानगरपालिका–१५ रतनपुरस्थीत गुरुकुल एकेडेमीको राष्ट्रिय क्रिकेट खेलाडी थापालाई एम्बेसेडर बनाएको हो ।

एम्बेसेडरका लागि खेलाडी र स्कुलबिच “एम् ओ यु’ -Memorandum of Understanding_ मा हस्ताक्षर भएको छ । विद्यालयले शनिवार एक कार्यक्रमको आयोजना गरेर खेलाडी थापालाई आफ्नो ’ब्रान्ड एम्बेसेडर’ घोषणा गरेको थियो । गुरुकुल एकेडेमीले स्थापना कालदेखि नै पढाइका साथसाथै खेललाई पनि प्राथमिकता दिदै आएको छ ।

थापालाई ब्राण्ड एम्वेसेडर बनाएसँगै थापाले खेलाडी उत्पादनमा गुरुकुल एकेडेमिले पनि सहयोग गर्ने एकेडेमीको विश्वास रहेको छ । थापा उमेर समुह (यु–१६) मा नेपाललाई प्रतिनिधित्व गरिसकेका लुम्विनी प्रदेशका युवा खेलाडी तथा दाङ जिल्लाका कप्तान पनि हुन्।