Goraksha

National Daily

लमहीमा अब सुरक्षित तरकारी बजार : देउखुरी उवासंघ

शिवराज खनाल

लमही चैत्र २३ । देउखुरीको लमही बजार अन्तर्गत पुर्ब पश्चिम् राजमार्गको किनारमा तरकारी बिक्रीवितरण गर्ने कृषकहरुलार्इ देउखुरी उद्योग बाणिज्य संघले ब्यबस्थापन गरेको छ ।

बिश्व भर फैलिरहेको कोभिड १९ अर्थात नोबेल कोरोना भाइरसबाट सम्भाबित जोखिमलाई कम गर्न र सामजिक दुरि कायम गरेर मात्र बिक्रीवितरण गर्नका लागि लमही बजारको केन्द्रमा रहेको सार्बजनिक बगैचामा ब्यपस्थापन गरेको संघका महासचिव कमलजङ ठकुरीले बताए ।

देउखुरी उध्योग बाणिज्य संघका तर्फबाट तरकारी बितरण गर्न आउने कृषकहरुका लागि माक्स ल्गोब्स र सेनिटाइजर तथा तरकारी खरिदका लागि आउने ग्राहक बर्गहरु हातधुने साबुन पानी र सौचालय समेतको ब्यबस्थापन गरिएको देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले बताए ।

किसानको तर्फबाट लमही नगरपालिका वडा नम्बर ४ का कृषक रमाकान्त चौधरीले आफुले उत्पादन भएको तरकारी तेत्तिकै फाल्न पनि नसकिने र बिक्रीवितरणका लागि बजारमा आउदा सुरक्षीत स्थान पनि नभएको अबस्थामा देउखुरी उध्योग बाणिज्य संघले गरेको व्यबस्थापको प्रसम्सा गरे । उनले देउखुरी उध्योग बाणिज्य संघलाई धन्यवाद समेत ब्यक्त गरे ।