Goraksha

National Daily

कोरोना सतर्कताक लागि एनआरएन मध्यपूर्वमा समित गठन

दिप जङ्ग शाह

दोहा चैत २३ । गैर आवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वले प्रवासमा रहेका नेपाली श्रमिकहरुमा कोरोना भाइरसका कारण आउन सक्ने सम्भावित परिस्थितिलाई सहजीकरण गर्नका लागि गैर आवासीय नेपाली संघ, मध्यपूर्व क्षेत्रीय उद्धार समिति शुक्रबार गठन गरेको छ ।

एनआरएनए मध्यपूर्व संयोजक एवं कतारका व्यवसायी प्रविन गुरुङ्गको नेतृत्वमा झण्डै एक हप्ता लामो अनलाई छलफल र वहसपछि कार्यविभाजन गरि समिति गठन गरिएको संयोजक गुरुङ्गले बताएका छन् । गुरुङ्गकै संयोजकत्वमा गठन भएको मध्यपूर्व क्षेत्रीय उद्धार समितिले राहत कोष समेत खडा गर्ने छ ।

समिति गठनपछि संछिप्त कुरा गर्दै संयोक गुरुङ्गले यस समिति मार्फत मध्यपूर्वमा रहेका सम्पूर्ण नेपालिहरुलाई आउन सक्ने संभावित समस्या समाधानसंगै राहात कोषबाट आएको पैसाले नेपालको दुर्गम क्षेत्रमा स्वास्थ्य सामाग्री वितरण गर्ने जानकारी दिए । गुरुङ्गले भने, ‘अहिले कतारलगाएत मध्यपूर्वमा रहेका सबै एनसीसीले आ-आफ्नो देशको सरकार र च्यारिटी संस्थाहरुसंग मिलेर राहत सामाग्री वितरण, सचेतना एवं सहजीकरण गरि रहेका छन् । अब हामीले कोरोना र भविष्यमा आउन सक्ने संभावित यस्तै विपत्तिको लागि भन्दै दिगो रुपमा दिर्घकालिन योजना राखेर राहत कोष खडा गर्दै छौं।’

गुरुङ्गले थपे, ‘समितिले राहत कोष मार्फत पहिलो चरणमा मध्यपूर्वमा भएका समस्यामा सहजीकरण गर्ने छ भेन बचेको केहि पैसाले स्वास्थ्य सामाग्री, खाद्यान्नलगाएत राहतको सामग्री किनेर स्थानिय प्रशासन र हाम्रो प्रतिनिधिको रोहवरमा वितरण गर्ने छौँ । यसो गर्दा संम्वधित पक्षले समयमै तोकेको राहात पाउने छन्।’ संयोजक गुरुङ्गले भविष्यमा मध्यपूर्वमा परिआउने जस्तोसुकै समस्यालाई एनआरएनले सहयोग गर्ने बताएका छन् ।

समितिको उप-संयोजकमा युएईलाई कर्मथलो बनाएर व्यवसाय संचालन गरेका यूवा व्यवसायी एवं एनआरएनए मध्यपूर्व उप-संयोजक मनोजकुमार श्रेष्ठ गोर्खाली र प्रवक्तामा साउदी अरबका राजेन्द्र अर्याल जोन चयन भएका छन् ।

कॊरॊना भाइरसको महामारी दिन प्रतिदिन बढ्दै गइरहेकॊ प्रति सचेत हुँदै त्यसबाट नेपाली श्रमिकहरुको जीवनरक्षा र आवश्यक भरणपोषण पनि गर्ने उदेश्य लिएर यो समिति गठन गरिएको समितिका सहसंयोजक मनोजकुमार श्रेष्ठले बताएका छन् ।

यो समितिले मध्यपूर्वका सम्पूर्ण राजदुताबासबाट दैनिक विवरण प्रत्येक एनसीसी मार्फत जानकारी लिनेछन् । त्यसैगरी कॊरॊना भाईरसको महामारी दिनप्रतिदिन बढ्दै गइरहेकॊ प्रति नेपालीहरुलाई सजक रहन प्रोत्साहित गर्नुपर्ने जिम्मेवारी पनि दिइएको समितिका प्रवक्ता राजेन्द्र अर्यालले जानकारी दिए ।

प्रवासमा रहेका नेपाली श्रमिकहरुमा भइपरी आउनसक्ने संभावित परिस्थितिलाई सहजीकरण गर्नका लागि यो समितिले सदैव सचेत रही काम गर्ने बताइएको छ । अनलाइन मार्फत सम्पूर्ण नेपालीहरूसँग सम्पर्क गरी आवश्यक समन्वय गर्ने जिम्मेवारी पनि समितिको तोकिएको छ ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समिति मार्फत नेपाल सरकारकॊ आवहानलाई सम्पूर्ण प्रवासी कामदारहरू माझ पुर्‍याउने काम पनि यो समितिलाई दिइएको छ ।

यो मध्यपूर्व स्तरीय उद्दार समितिको सदस्यहरुमा कतारबाट मध्यपूर्व यूवा संयोजक राज रेग्मी, व्यवसायी संघ कतारका महासचिव रमेस भट्ट, कतारका सफल यूवा व्यवसायी अब्दुल बासिद, समाज सेवी होमनाथ शर्मा, आईसिसि सदस्य यूवराज शर्मा, आइसीसी सदस्य केबी हमाल र एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानलाई सदस्यमा चयन गरिएको छ।

त्यस्तै समितिको सदस्यहरुमा यूएईबाट नवीन पौडेल, राजु केसी, नेत्रप्रसाद शर्मा, ठाकुरप्रसाद ढुंगाना र प्रकास कोईरालालाई चयन गरिएको छ। भने साउदी अरबबाट सदस्यहरुमा यास्मिन बेगम सैयद, नारायण पासवान, तेज थापा चयन गरिएको छ।

नव समितकोलागि कुवेतबाट सुमित्रा पौडेल, अमित राई र सुजन केसीलाई सदस्यमा चयन गरिएको छ। त्यस्तै बहराइनबाट लालप्रसाद पुन र लक्ष्मी गिरी एवं ओमनबाट अजय यादब र सेवन्त पुर्जा पुन चयन गरिएको संयोजक प्रविन गुरुङ्गले जानकारी गराएका छन् ।

यो उद्दार समितिलाई आवश्यक सरसल्लाह र समन्वयको लागि एक सल्लाहकार मण्डल पनि गठन गरिएको छ । यो सल्लाहाकार मण्डलमा कतारबाट टीबी कार्की, नरेन्द्र भाट, महेन्द्र चम्लागाई, कमलमणि गुरागाई, बिमल सुबेदी, आर के शर्मा, बिल गुरुङ, बिनोद भट्टराई र सनी ओलीलाई चयन गरिएको छ।

त्यस्तै सल्लाहकार मण्डलमा यूएईबाट गोपाल कडेल, मोहन शर्मा र कृष्ण प्रसाद भट्टराई एवं साउदी अरबबाट राजु सैयद र रमेश भण्डारी रहेका छन् भने ओमनबाट डीबी क्षेत्री र धर्मराज गिरी तथा कुवेतबाट सुरज मास्केलाई चयन गरिएको छ।

यो उद्दार समितिको मिडिया संयोजकमा युएईबाट मेघराज सापकोटा चयन भएका छन् । यो मिडिया समुहका अन्य सदस्यहरुमा कतारबाट यूवा व्यवसायी एवं दीप संचार मिडियाका प्रधान सम्पादक दिप जङ्ग शाह, साउदी अरबबाट शुक्र मुक्तान, युएईबाट शुवास शर्मा, बहराइनबाट अमर श्रेष्ठ र कुवेतबाट माधब शाही चयन गरिएको छ।

समितिले सम्पर्कको लागि बिभिन्न एनसिसी अध्यक्षहरुको मोबाईल नम्बर सार्वजनिक गरेको छ । जस अनुसार कुबेतका लागि सुजन केसी- 0096594471222, युएईका लागि प्रकाश कोईराला – 00971506581443, बहराईनका लागि लक्ष्मी गिरी – 0097338112370, कतारका लागि मोहम्मद मुक्तदा -0097474449592, ओमनका लागि सेवन्त पुर्जा -0096891754079 र साउदी अरबका लागि तेज थापा -00966504438377 लाई सम्पर्क गर्न सकिने छ ।