calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

कार्यकर्तामा उत्साह जगाउन मूल्यांकनका अधारमा अवसर : कोइराला ।

नवलपुर ।

नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले कार्यकर्तामा हिनताबोधको भावना आउन नदिने बताउनुभएको छ । ‘अहिले कार्यक्रतामा नैरास्यता बाक्लिदै गएको छ, कार्यकर्तामा उत्साह नभए पार्टीले अहिलेको जस्तो दुरदशा अर्को चुनाबमा पनि भोग्नुपर्ने पर्ने छ’ डा.कोइरालाले भन्नुभयो ‘कार्यकर्तामा भेदभाब नगरी योगदान र क्षमताको आधारमा मुल्यांकन गरि अबसर दिएमा मात्र कार्यकर्तामा उर्जा थपिन्छ ।’


पुर्वी नवलपरासिको नेपाली काङ्ग्रेस हुप्सेकोटले स्थापना गरेको काङ्ग्रेस पुस्तकालय उदघाटन गर्न यहाँ आउनुभएका कोइरालाले पार्टीको नेतृत्वको सन्दर्भमा घोत्लेर सोच्न थालेको भन्दै घुमाउरो भाषामा नेतृत्व लिनको लागि तयार रहेको समेत बताउनुभएको छ । अर्को एक प्रसङ्गमा उहाले धर्म परिबर्तन गराउनु दन्डनीय हुनेछ भनेर संविधानमा नै उल्लेख गरियता पनि लक्ष्मीको प्रतीक मानिने रास्ट्रीय जनावर समेत रहेको गाई मार्नेलाई सरकारले कारबाही नगरेकोमा दुख ब्यक्त गर्नुभएको थियो । पार्टीमा फरक बिचार उठाउदै आउनुभएका कोइरालाले पार्टीमा मौलाएको अन्तरघात तर्फ इन्कित गर्दै भन्नुभयो “फरक बिचार बिपि र सुबर्णको पालामा थियो यो नौलो कुरा होइन, लोकतन्त्रमा हुनैपर्ने कुरा हो तर फरक बिचार हुदैमा फरक पार्टीको उमेदवारलाई मतदान गर्नु त भएन नि ।’


हुप्सेकोट नेपाली काङ्ग्रेसले स्थापना गरेको काङ्रेस पुस्तकालयमा नेपाली काङ्ग्रेसको ईतिहास, नेताहरुको जीवनी ,एैतिहासिक दस्ताबेजहरु पढ्न पाइनेछ । नेपाली काङ्ग्रेस नवलपुरका सभापती तथा प्रदेश सांसद बिष्णु लामिछानेले पुस्तकालय स्थापना गरेकोमा नेपाली काङ्ग्रेस हुप्सेकोटलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रममा नेताहरु महेन्द्र जिसि, प्रदेश संसद ओमकला गौतम, भानु सिग्देल, धन बहादुर मास्की, लक्ष्मी पान्डे, बालकृष्ण घिमिरे, तिलक सापकोटा, सरस्वती तिमिल्सिना, राजेश पौडेलले मन्तव्य राख्नुभएको थियो । नेपाली काङ्ग्रेस हुप्सेकोटका सभापती ओमन सिङ रजालिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण प्रेस युनियन नवलपुरका सचिब तथा जिपि फाउन्डेसन हुप्सेकोटका संयोजक आशिष रेग्मिले गर्नुभएको थियो ।