सामाजिक सञ्जालको बढ्दो दुव्र्यसन

भूवन पोख्रेल
कम्प्यूटर वा मोबाइलमा इन्टरनेट प्रविधिमार्फत् आफूले प्राप्त गरेको वा आफूले सिर्जना गरेका विचार, डिजिटल फोटो वा भिडियोहरु आदानप्रदान गर्न प्रयोग गरिने माध्यमलाई सामाजिक सञ्जाल भनिन्छ । सामाजिक सञ्जालका उदाहरणमा फेसबुक, युट्यूव, भाइवर, ट्विटर, इन्स्टाग्राम, इमो आदि हुन् । यी विशेष गरी कम्प्यूटर र मोबाइलजस्ता उपकरणमा इन्टरनेट जडान गरी प्रयोग गरिन्छ । यसको प्रयोगको दायरा ठूलो छ ।

सूचना आदानप्रदान गर्न छिटोछरितो हुने, घरमै बसेर स्वदेश तथा विदेशमा प्रत्यक्ष सम्पर्क गर्न सकिने, महत्वपूर्ण कागजात, फोटो एवम् भिडियो तुरुन्त आदानप्रदान गर्न सकिने, कुनै घटना वा खास विषयवस्तुको प्रत्यक्ष प्रसारण गर्न सकिने हुने हुँदा यो लोकप्रिय बन्न पुगेको हो । सारा अध्ययन अनुसन्धान एवम् लेखन कार्यलाई सहयोग पुग्ने हुँदा व्यक्ति, परिवार, समुदाय, कार्यालय, व्यापार र व्यवसाय सबैले हरेक काममा सामाजिक सञ्जाललाई प्रयोग गरिरहेका छन् । सामाजिक सञ्जाललाई प्रयोग गरिरहेका छन् ।

सामाजिक सञ्जालको सही प्रयोग गर्न सके हामी यसबाट अत्यधिक लाभ लिन सक्छौँ भने अर्कोतिर यसको दुरुपयोगले हामीले आफ्नो जीवन तहसनहस पार्न सक्छौँ । सामाजिक सञ्जालका बेफाइदामा यसमा बढी समय खर्च गर्ने, अरुप्रति नकारात्मक टीकाटिप्पणी शेयर गर्ने, समाजलाई हानी नोक्सानी गर्ने विषय वस्तु बढी शेयर गर्ने, अश्लील भिडियो तथा फोटो खिचेर अपलोड गर्ने, शेयर गर्ने तथा नचिनेको व्यक्तिलाई जिस्क्याउने, अर्कको फोटो तथा भिडियो दुरुपयोग गर्ने, सामाजिक सञ्जाललाई अध्ययन अनुसन्धानको साधनभन्दा मनोरञ्जनको साधनका रुपमा प्रयोग गर्ने, गलत समाचार संप्रेषण गर्ने आदि यसका दुरुपयोग हुन् ।

वर्तमान विश्वमा दुई किसिमको सभ्यता भर्चुअल र भौतिक सभ्यताको सुरुवात भइसकेको छ । त्यसैले सामाजिक सञ्जाललाई आफ्नो निहित स्वार्थ र मनोरञ्जनको साधन मात्र नबनाएर यसमा खर्च हुने समय उत्पादनशील विषयमा उपयोग गरौँ । भाइरल हुनु मात्रै ठूलो कुरा होइन, सूचना प्रणाली प्रयोग गर्दा मर्यादा शिष्टता र सामाजिक सद्भावको कुरालाई मनन् गरेर मात्र अघि बढौँ । सामाजिक सञ्जाल र सूचना प्रणालीले समाजलाई जोड्न र सकारात्मकतातर्फ लैजान सबैको उत्तिकै दायित्व र जिम्मेवारी छ ।

सामाजिक सञ्जाललाई समाजको जनचेतना बढाउन र बृहत्तर हितमा उपयोग गरौँ । साइबर सुरक्षामा चनाखो र सतर्कता कायम राखौँ । सञ्जाललाई आफ्ना विचार, भावना र अनुभव आदानप्रदान गर्न, नयाँ प्रविधि र सिकाइ प्राप्त गर्न, आफ्नो लगनशीलता र काममा श्रेष्ठता हासिल गर्न र राष्ट्र हितमा प्रयोग गर्न सकिन्छ । हरेक पेसा र क्षेत्रका व्यक्तिले प्रयोग गर्न सकिने सरल र सहज प्रविधि भएकाले अहिले यो व्यक्तिको साथीजस्तै बनेको छ । यसलाई सूचना प्रविधिको क्षेत्रका भएको एउटा क्रान्तिका रुपमा अथ्र्याउन पनि सकिन्छ ।

हामील्े यहाँ सूचनाको प्राविधिक पक्षमाभन्दा यसका सामाजिक प्रभाव र असरहरुका क्ष्ँेत्रमा रहेर बढी चर्चा गरिएको छ । सामाजिक सञ्जाललाई नियमन गर्न साइबर व्यूरोको व्यवस्थापनको पक्षलाई अझै प्रभावकारी बनाउन आवश्यक छ । होइन भने सामाजिक सञ्जाल नै असामाजिक बन्ने त होइन भन्ने जोखिम पछिल्ला दिनमा देखिएका अभ्यासले बताइ नै रहेको छ । व्यक्तिलाई आत्मसम्मानमा ठेस पुग्ने गरी विषयहरु आउन गोप्य रहनुपर्ने कतिपय कुराहरु छताछुल्ला सार्वजनिक हुनुजस्ता कुराहरु पनि सही उपयोगको ज्ञानको कमी अथवा अराजक गतिविधि गर्ने मानसिकताको कारण विचलन ल्याउन सक्ने खतरा त उत्तिकै हुँदैछ ।

सामाजिक सञ्जाललाई एकअर्काको विरुद्धमा अस्त्र बनाएर प्रयोग गर्ने बदनाम गर्न खोज्ने, अनावश्यक टीकाटिप्पणीको थलो बनाउन खोज्ने, संगठित साइबर समूह बनाउने, अमर्यादित गालीगलौजमा उत्रिने, अशिष्टता प्रदर्शन गर्ने, तथ्यहीन जानकारी दिएर जनस्तरमा भ्रम फैलाउने, अश्लीलता प्रदर्शन गर्ने, समाज र राष्ट्रलार्य हानी गर्ने कुरा शेयर गर्नेजस्ता गलत क्रियाकलापले नयाँ पुस्तालाई दिग्भ्रमित, चेतना शुइन र दिशाहीन अवस्थामा पु¥याउनसक्ने कहालीलाग्दो चित्र आँखा अगाडि घुमिरहेको छ ।

इन्टरनेट वा सामाजिक सञ्जालमा गरिने असल व्यवहारलाई साइबर नैतिकता भनिन्छ । साइबर नैतिकताअनुसार गर्न नहुने कार्यहरुमा अरुको विवरण हेर्नु, बिगार्नु, हटाउनु वा प्रयोग गर्नु, अरुको पासवर्ड चोरी गर्नु वा प्रयोग गर्नु, भाइरस बनाएर प्रयोग गर्नु, कम्प्यूटरको गोपनियता भङ्ग गर्ने, झुठ्ठा व्यहोरा प्रेरित गर्नु, कुनै पनि व्यक्ति वा संघसंस्थाको व्यक्तिगत वा सामूहिक विवरण चोर्नु वा बिनाअनुमति हेर्नु आदि ।

साइबर अपराधबाट बच्न व्यक्ति निम्न कुरामा सचेत हुनुपर्छ । कम्प्यूटरमा प्रेरित समाचार वा सूचना नबिगार्ने, कसैप्रति रिस, द्वेष वा घृणा फैलाउने सामग्री नराख्ने । कसैको व्यक्तिगत विवरण वा अभिलेखको गोपनियता भङ्ग नगर्ने, झुठ्ठा सूचना प्रेषित नगर्ने, जालसाजी गरी लाभ नउठाउने, संगठित अपराधीलाई सहयोग नगर्ने आदि । सामाजिक सञ्जालको प्रयोग हाम्रो जवनको लागि एक अभिन्न हिस्सा हुन पुगेको छ ।

सूचना र प्रविधिको विकास सँसँगै सामाजिक सञ्जालले गर्दा विश्वलाई नै एउटा सानो गाउँ बनाइदिएको छ । सामाजिक सञ्जालअन्तर्गत धेरै माध्यमहरु पर्दछन् ती मध्ये सबैभन्दा बढी लोकप्रिय फेसबुक हो । सन् २००४ फेब्रुअरीमा मार्क जुगरवर्गले फेसबुकको स्थापना गरेका हुन् । खबर आदानप्रदान गर्ने थुप्रै माध्यम भए पनि फेसबुक अहिले विश्वमै सबैभन्दा धेरै मानिसहरुले प्रयोग गर्ने सामाजिक सञ्जाल हो ।

फेसबुककै माध्यमबाट विश्वको जुनसुकै स्थानमा घटित घटना तथा विकृतिहरु पर्दाफास हुन्छन् । अहिले सामाजिक सञ्जाल युवा पुस्ताको रुचिको विषय हो । युवा पुस्तामाझ मात्र नभइ यसले विभिन्न उमेर समूहका मानिसलाई आकर्षक गरेको देखिन्छ । बालबालिकाले पनि अधिकांश समय पढाइमाभन्दा पनि इन्टरनेट र फेसबुकतर्फ रुचि दिने भएका छन् ।

सामाजिक सञ्जालमा झुम्मिरहेका देखिन्छन्, बालबालिकाहरु । जसले गर्दा उनीहरुको समय अनुत्पादक बन्न गइ अनावश्यक व्यस्तता बढ्न पुगेको छ । विद्यालय तहदेखि उच्च तह विभिन्न उमेर समूहले आफूलाई सामाजिक सञ्जालको प्रयोगमै व्यस्त गरेको देखिन्छ । फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइवर, ह्वाट्सएप, युट्यूव, म्यासेन्जर, स्न्याप–च्याटजस्ता सामाजिक सञ्जालमा अनुत्पादक समय बिताउने धेरै छन् । यस्ता सामाजिक सञ्जालमा अनुत्पादक समय बिताउने गर्दा युवापुस्ताको सीप, श्रम र क्षमताको अधिक्तम प्रयोग हुन सक्दैन ।

अहिले समाजमा डिजिटल कूलतका थुप्रै घटनाहरु देखापरेका छन् । मोवाइल बिना बस्नै नसक्ने पनि छन् । टिकटक बनाउने, फेसबुकमा फोटो अपलोड गर्ने, सेल्फी खिच्ने, भिडियो गेम खेल्नेजस्ता कामको साथै लाइक, कमेन्ट, शेयर गर्नेजस्ता अनुत्पादक क्षेत्रमा समय बिताउनु सान्दर्भिक होइन । यस्ता क्रिायकलापले व्यक्तिको व्यक्तित्व विकासमा सकारात्मक योगदान कदापि पु¥याउँदैन ।

अधिक समय सामाजिक सञ्जालमा बिताउँदा व्यक्तिमा विभिन्न समस्या देखिएका छन् । जस्तै शरीर दुख्ने, आँखा कमजोर हुने, पढाइ वा सिर्जनशील काममा ह्रास आउने, निद्रा नलाग्ने, एक्लै बस्न मन लाग्ने, साइबर अपराध, लागूऔषध दुव्र्यसन, डिप्रेसनजस्ता शारीरिक तथा मानसिक समस्या दिनानुदिन बढिरहेका छन् ।

अहिलेको युग विज्ञान र प्रविधिको युग हो । सामाजिक सञ्जालका सकारात्मक पक्ष पनि छन् । यसको समुचित प्रयोग गर्नुपर्छ । सामाजिक सञ्जाल व्यक्तिको नियन्त्रणमा हुनु पर्दछ । सामाजिक सञ्जालको नियन्त्रणमा व्यक्ति हुनु हुँदैन । इन्टरनेटको माध्यमबाट अनलाइन पढाइलेखाइ, खोजअनुसन्धान, व्यापार, भेटघाट, कुराकानी, सुख–दुःख, भेटघाट, कुराकानी, सुखदुःख आदानप्रदान र व्यापार व्यवसाय आदि गर्ने सुविधा प्रदान गरेको छ । देशविदेशमा रहेका आफन्त, नातेदार र इष्टमित्रसँग भेटघाट गराएको छ ।

यति धेरै सकारात्मक पाटो हुँदाहुँदै पनि यसलाई नियन्त्रित ढङ्गले प्रयोग गर्न नसक्दा सामाजिक सञ्जालको कूलतमा फस्नेहरुमा शारीरिक एवम् मानसिक जीवन स्वस्थ हुँदैन । विज्ञान र प्रविधिो प्रयोगले मानिसको जीवन र दैनिकीमा सहजता ल्याएको छ भने अर्कोतर्फ समाजमा सामाजिक अपराध, दुर्घटना बढ्दै गइरहेका छन् । सामाजिक सञ्जलको कुलतमा फसो व्यक्तिहरु सुख–दुःख, छलफल, भेटघाट, जमघट, कुराकानी आदि गर्न मन पराउँदैनन् ।

खाना बसालेर सामाजिक सञ्जालमा व्यस्त हुादा खाना जल्ने, ग्यास पड्कने र दुर्घटना हुने हुनसक्छ । मोवाइल, व्यापटपमा व्यस्त हुँदा राती अबेरसम्म नसुत्ने, अनिद्रा हुने, पकाएर राखेको खाना खान बिर्सने हुन्छ । खाना पकाउन होस् वा चिया पकाउँदा होस मानिस सोसल–मिडियामा झुम्मिएका हुन्छन् । बाटोमा हिड्दा पनि युवायुवती बाटो नहेरी मोबाइलमा नै घोप्तिएका देखिन्छन् । हाम्रो देशको सन्दर्भमा पछिल्लो दशकमा सबैभन्दा बढी विकास भएको क्षेत्र भनेको सोसियल मिडिया हो ।

सोसियल मिडियामा समय खर्चनु अनुत्पादक लगानी हो । यसले समयको वर्वादी मात्र गर्दैन बरु अनेकन समस्या निम्त्याउँछ । सामाजिक सञ्जाललाई उपयोग गर्न सकेमा धेरै फाइदा पनि छन् । दुरुपयोग गरेका कैयौँ घटनाहरु हामीलाई सुन्नमा आएका छन् । सामाजिक सञ्जालमा ज्ञान आर्जनको फराकिला सुविधा हुँदाहुँदै पनि समाजमा बालबालिका तथा किशोरकिशोरीलगायत परिपक्व उमेर समूहका मानिस पनि यसको दुव्र्यसनमा फसेर समयको वर्वाद गरिरहेका छन् ।

फेसबुक र टिकटक, युट्युबले मानिसलाई अत्यधिक व्यस्त बनाएको छ । स्र्मा फोनको उपलब्धतासँगै सामाजिक सञ्जालले कसैलाई रातारात भाइरल बनाएको छ भने कसैको जीवन नै तहसनहस तुल्याइदिएको छ । पछिल्लो समयमा टिकटक र युट्यूवमा भाइरल हुने लहर नै छाएको छ । कोही गीत गाएर भाइरल बनेका छन् भने कोही कसैको कटुआलोचक बनेर, झगडा गरेर त कोही नाचेर, सहयोग गरेर भाइरल बन्न पुगेका छन् ।

अहिलेको विज्ञान र प्रविधिको युगमा सामाजिक सञ्जालको सदुपयोग गर्न जान्ने हो भने अथाह ज्ञानको भण्डार घरमै बसेर इन्टरनेटको माध्यमबाट प्राप्त गर्न सकिन्छ । कोभिड–१९ को बेलामा पनि बालबालिकाले सामाजिक सञ्जालको सदुपयोग गरेर भर्चुअल कक्षाहरु लिने मौका पाएर आफ्नो पठनपाठनका गतिविधि अगाडि बढाएका थिए । अहिले विश्वजगतमा कम्प्यूटरको व्यापक प्रयोग भएको छ ।

व्यापार, शिक्षा, स्वास्थ्य, सहकारी र मनोरञ्जनका क्षेत्रमा कम्प्यूटर बढी प्रयोग भएको देखिन्छ । गुगल गुरुको पनि गुरु भएको छ । विज्ञान, इञ्जिनियरिङ, प्रविधि, शिक्षा सबै क्षेत्रमा कम्प्यूटर, इन्टरनेट र यसका सुविधा ज्ञानका स्रोत भएका छन् । खोज अनुसन्धानका साधन बन्न पुगेका छन् । यस्तो ज्ञानको स्रोतको उचित प्रयोग र महत्व बुझाउन नसक्दा अनेकौँ दुर्घटना र समयको वर्वादी भएको छ । सामाजिक सञ्जालको कूलतमा फस्नेहरुमा शारीकि एवम् मानसिक जीवन स्वस्थ हुँदैन ।

मानिस सामाजिक प्राणी हो । सामाजिक सञ्जाल मानिसलाई जोड्ने एउटा माध्यम हो । यो अहिले बालक, युवा, बृद्ध सबैको साथी बन्न पुगेको छ । सुख–दुःख बाँड्नका लागि मात्र नभइ सामाजिक सञ्जाल रिस पोख्ने माध्यम पनि सोसल मिडिया बन्न पुगेको छ । नेपालमा सबैभन्दा बढी सामाजिक सञ्जालबाट साइबर अपराध हुने गरेको छ । फेसबुक, ट्विटर, भाइवर, स्काइप, इन्स्टाग्राम, इमोजस्ता सामाजिक सञ्जालका प्रगयोगकर्ता दिनहुँ बढिरहेका छन् । आजभोलि सामाजिक सञ्जालका माध्यमबाट नै विरोध र समर्थन, दबाबलगायतका परिवर्तनका लागि आन्दोलन समेत हुने गरेका छन् ।

मानिसहरुका अमूल्य समयमा सामाजिक सञ्जालमा बढी नचाहिँदो च्याट र टाइम पासको लागि प्रयोग भइरहेको छ । यिनै नचाहिने काम र सोचाइले समाज विकृतितिर ढल्किरहेको पनि हामी अनुमान गर्न सक्दछौँ । आज समाजमा यसको सही सदुपयोग गरिएन र फेसबुकलाई नै आधार बनाएर आत्महत्या गर्ने, विभिन्न साइबर क्राइमका केसमा फस्नेजस्ता घटना देखिन्छ । सामाजिक सञ्जालले मानिसलाई समाजबाट एकलकाँटे बनाएर सामाजिक दूरी बढ्न गइ असामाजि बन्न सक्छ ।