महिलालाई यौन व्यवसायमा लगाएको आरोपमा तीन जना प्रकाउ

दाङ, ६ साउन । दाङमा महिलालाई यौन ब्यबसायमा लगाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेर सार्बजनिक गरेको छ ।

घोराही उपमहानगरपालिका–१२हापुरका ५० वर्षीय इन्द्रबहादुर केसी, तुलसीपुर उपमहानगरपालिका १७ का ३६ वर्षीय झमन विक र घोराही १० की ४२ वर्षीया सीता विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले बताए ।

पक्राउ परेका पुरुषहरूले किशोरी तथा महिलाहरुको खोजी गरी आफूले यौन शोषण गर्ने र अन्तमा होटेलमा लगेर अरुसंग पनि सम्पर्क गराएर रकम लिने गरेको उजुरी परेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले बताए ।

पक्राउ परेकी महिलाले उक्त काममा सघाउने गरेको उनले जानकारी दिए । उनीहरुविरुद्ध मानव बेचबिखन मुद्दामा अनुसन्धान भइरहेको रिजालले बताए ।