Goraksha

National Daily

घोराही सिमेन्ट उद्योगद्वारा बिपन्न परिवारलाई खाद्यान्न सहयोग

दाङ,२२ चैत । बिश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभीड-१९) नियन्त्रणका लागि सरकारले गरेको लक डाउनका क्रममा समस्या परेका बिपन्न गरिव मजदुर घर परिवारलाई घोराही सिमेन्ट उद्योगले खाद्यान्न सहयोग गरेको छ ।

घोराहीको गोग्लीमा रहेको उद्योगले घोराही उपमहानगरपालिका-३ का विभिन्न बस्तीमा रहेका १ सय ५७ घर परिवारलाई सिमेन्ट उद्योगले चामल,दाल र तेल सहयोग गरेको घोराही उपमहानगरपालिका वडा न ३ का वडा अध्यक्ष माधव चौधरीले जानकारी दिएका छन । वडा अध्यक्ष चौधरीका अनुसार घोराही सिमेन्ट उद्योग प्रालिले २७ क्वीन्टल चामल,५ क्वीन्टल ५० केजी दाल र साढे ७८ लिटर तेल सहयोग गरेको हो ।

सहयोग कार्यक्रम वडा अध्यक्ष चौधरीसहित उद्योगका तर्फबाट बिकाश शर्मा,अमर सुवेदी,प्रलाद अधिकारी,सुदर्शन आचार्य र सुमन खत्रीको सहभागीता रहेको थियो । उद्योगले सरसफाइका साबुन पनि सहयो गर्ने कार्यक्रम रहेको उद्योगका जनसम्पर्क अधिकृत अमर सुबेदीले जानकारी दिएका छन ।