लेखक संघ, विश्व साहित्य प्रतिष्ठानले सम्झिए भानुभक्तलाई

दाङ, ३० असार । २०९औ भानु जयन्ती मनाइएको छ । लेखक संघ दाङ तथा विश्व साहित्य प्रतिष्ठानको आयोजनामा एक कार्यक्रमको आयोजना गरी जयन्ती मनाइएको हो ।

कार्यक्रम लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षता तथा पद्मोदय पव्लिक माविका पूर्व प्राचार्य गोविन्दप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा डा. गोविन्द आचार्य र प्राध्यापक प्रेमकुमार आचार्यले भानुभक्तको बारेमा भनाइ राखेका थिए ।

संघका सदस्य हरिप्रसाद पाण्डेयको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका सचिव सरिता देवकोटाले गरेकी थिइन् । कार्यक्रममा बोल्ने बक्ताहरुले आदिकवि भानुभक्त आचार्यले नेपाली साहित्यमा महत्वपूर्ण योगदान गरेको बताएका थिए ।

कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टीकाराम उदासी, वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा, प्रलेसका केन्द्रीय सल्लाहाकार पदमप्रसाद शर्मा, डा. हिमलाल पन्थी, डा. कृष्णराज डिसी, डा. लोकराज पराजुली, देवेन्द्र रिजाललगायतले भनाइ राखेका थिए ।