मकैको व्यापार

मनोज पौडेल
गरिब थियो, रोजगारी छैन, घरमा खाने छैन, त के गरोस् विचरो चो¥यो । उसले बाध्यताले चोरेको हो, यसै त मान्छेले कहाँ चोर्छ र ? कि त चोर्न दिनु प¥यो कि त उसको लागि जीविको पार्जनको वैकल्पिक व्यवस्थापन गर्नु प¥यो ।

मिल्छ यार ! यस्तो कुरा गर्न ? मिल्दैन भनु आफूलाई बुद्धिजीवी भन्नेहरु, नागरिक समाजका भन्नेहरु, राष्ट्रिय मूलधारका पत्र–पत्रिकाहरु यस्तै कुरा गरिरहेका छन त । आफू त अल्पबुद्धि परियो थाहै छैन के सही के गलत ? विरोधको लागि विरोध हाम्रो परम्परा हो, जीवनशैली हो, संस्कृति हो, त्यो त पूरा गर्नै प¥यो, यति गरिएन भने ठूलो बन्न कहाँ पाइन्छ र ?

अहिले धेरै कुरा सुन्नमा, देख्नमा र पढ्नमा आइरहेको छ । तिनै भर्खरै सुनिएका, देखिएका र पढिएका कुराहरुको बारेमा मेरा अल्प–विचारहरु राख्छु । धेरै कुराहरु छन्, ती धेरै कुरामध्य आज दुई कुरा मात्र गर्छु । हजुरले पढ्नकै लागि पढदिए पनि धन्य हुनेछु । नपढे पनि मलाई वाल छैन । अलि धेरै भनियो क्या हो ? खैर जे होस् धेरै भनिएछ भने अग्रिम माफी चाहन्छु !

मकैको व्यापार

काठमाडौं महानगरले गरिबलाई खान दिएन । उनीहरुको काम गर्न र बाँच्न पाउने अधिकार सुनिश्चित भएन भनेर राष्ट्रिय मूलधारका पत्रिकामा एउटा समाचार आयो । प्रसङ्ग थियो, एउटा मकै व्यापारी जसले फुटपाथमा मकै बेचिरहेको थियो र उसको त्यो व्यापार महानगरले उठायो ।

हो, सबैको राष्ट्रिय सम्पत्तिमाथि समान अधिकार छ, हाम्रा हकअधिकार छन तर बुझ्नुपर्ने कुरा के भने मेरो अधिकार त्यति समय र स्थानका लागि छ, जबसम्म अरुको हक र अधिकारमाथि मेरो हस्तक्षेप रहँदैन । अन्यथा त्यो अधिकार होइन अपराध हो ।

आफूलाई मूलधारका राष्ट्रिय मिडिया भन्न रुचाउनेहरुले एउटा अपराधीको पृष्ठपोषण गरेर समाचार लेखेको देख्दा दया लाग्यो । बल प्रयोग ग¥यो रे । अनि के गरोस् त पूजा ? मलाई वाकस्वतन्त्रता छ भनेर कसैलाई तथानाम भने कि त कुटाइ खाइन्छ, कि त कानुनी फन्दामा परिन्छ । यो सामान्य विषय तर निकै उछालियो । अहिले आफूलाई महाविद्वान भन्नेहरु फुटपाथमा व्यापार गर्न दिनु हुँदैन तर विकल्प दिनु पर्छ रे ।

हावा कुरा, राज्यले सबैलाई विकल्प दिएर साध्य नै छैन । त्यो व्यक्ति विशेषले खोज्ने कुरा हो, यदि दियो भने सुकुम्बासी समस्या समाधान जस्तो भएन भने मलाई भन्नुहोला । भावनामा नडुबेर एकछिन सोचौँ त, रोड एक्सिडेन्ट कम होस् भनेर, पैदल यात्रुहरुलाई, अपाङ्गता भएकाहरुलाई सहज होस् भनेर करोडौँका भवनहरु हिजो भत्काएर बनाइएका सडकपेटीहरुमा व्यापार गर्न दिनुको औचित्य के ? उनीहरु करको दायराभन्दा बाहिरका व्यापारी हुन् ।

त्यसले करको दायरामा समेटिएका ब्यापारीहरुको अधिकार हनन् गरेको छैन र ? हिजोको दिनमा महानगरले विकल्प त दिएकै हो नि, अहिले अवस्था कस्तो छ, जग–जाहेर छ । कसम विकल्प दिने, अरु कुनै स्थान दिने भन्नुपर्छ, म पनि एउटा ठेला बोकेर काठमाडौं आउँछु, फोकटमा पाइन्छ भने कसले छोडछ् र ?

यमबुद्दको सालिकः

इतिहासलाई सम्मान गरिनु पर्छ । ऐतिहासिक धरोहरहरु, उनका प्रतिमाहरु भत्काएर अगाडि बढेको हाम्रो राजनीतिमा यो कुरा भन्नु त बेकार हो । तैपनि केही कुरा भन्नै पर्छ । काठमाडौं महानगरले यम बुद्धको शालिक बनाउने भएपछि त्यसको चौतर्फी विरोध भयो ।

आत्महत्या गर्ने एउटा कायरको शालिक किन बनाउने ? उनी कायर होइनन् मानसिक रोगको शिकार भएका हुन् । वर्षेनी कैयौँ युवा यो रोगको शिकार बनेका छन् । हामीले यस्ता बेतुकका कुरा गर्नुभन्दा आफ्नो मानसिक स्वास्थ्यमा बढी ध्यान दिने कि ? यसको शिकार हामी हुन सक्दैनौँ भन्न सकिँदैन । सङ्गीतका धेरै विधा हुन्छन्, सबै विधा सबैलाई मन पर्छ भन्ने छैन ।

नेपाली ¥याप संगीतमा उल्लेख्य योगदान दिएका यम बुद्ध यसको उत्थान र विकासमा हमेसा दिलोज्यान दिएर लागेका स्रष्टा मात्र होइनन्, आफ्ना संगीत र शब्दले अझै पनि लाखौँ नेपाली युवाको प्रिय गायक हुन्, यम बुद्ध । उनी कालगतिले मरुन वा आत्महत्याको कारणले, इतिहास त इतिहास नै हो नि । उनको कार्यभन्दा पनि हामीलाई उनको व्यक्तिगत आचरणसँग जोडिएका किन बढी सवाल गर्नुपर्ने ।

खैर बालेनले आफ्नै पैसाले शालिक बनाउने भनेपछि कुरो त सकियो तर हामी किन जहिले सतहमा बग्छौँ भन्ने मेरो प्रश्न हो । मेरो सुझाव के छ भने महानगरले उनको शालिक बनाउनेभन्दा पनि उनको नाममा एउटा मानसिक स्वास्थ्य परामर्श तथा उपचार केन्द्र खोल्यो भने उनी प्रतिको वास्तविक सम्मान तथा श्रद्दाञ्जली हुनेछ ।

जसको कारण कोही पनि मानसिक रोगको शिकार हुन नपरोस् । अलिक लामै र विश्लेषण गरेर लेख्ने मन थियो तर सोचे धेरै लामो लेखे पढ्नेलाई पट्यार लाग्ला, जय नेपाल !!