Goraksha

National Daily

बिजौरी उबासंघले अति आबस्यक सामाग्री बिक्रीको अनुगमन गर्ने

बिजौरी, चैत २१ । बिजौरी उद्योग बाणिज्य संघको आकस्मिक बैठक बसेको छ ।
संघका अध्यक्ष प्रेमनाथ योगिको अध्यक्षतामा बसेको बैठकले संघको कार्यक्षेत्र भित्र पर्ने स्थानमा नेपाल सरकार तथा जिल्ला प्रशासन कार्यलय दाङले लकडाउन गरे सङ्गै अति आबस्यक सामाग्री बिक्रीवितरण भए नभए बारे अनुगमन गर्नका लागि एक उपसमिति गठन गरेको छ ।

अध्यक्ष प्रेमनाथ योगिको सम्योजकत्वमा ५ सदस्यीय बजार अनुगमन उपसमितिमा सदस्यहरु बालकृण्ण रेग्मी, बिदुर गौतम, रेश्मिराज खड्का र शिबराज केसि रहेका छन् ।
बैठकले जिल्ला प्रशासन कार्यलयले अनुमति दिएको अतिआबस्यक सामाग्री सहित मासु पसल पनि बिहान ६ बजेदेखि ९ बजेसम्म खुलाउने निर्णय समेत गरेको छ ।
साथै यो लकडाउनको समयमा बिजौरी उद्योग बाणिज्य संघको कार्यक्षेत्र भरी भाडामा बसेका व्यावसायीसङ्ग भाडा नलिन घरमालिकसङ्ग आग्रह समेत गरेको सङ्घगका महासचिव बिदुर गौतमले जानकारी दिए ।