थप तिनमा संक्रमण, दुई विदेशवाट आएका र एक संक्रमीका आफन्त
काठमाडौं, चैत २२ । कैलाली र कञ्चनपुरमा थप तीन जनामा कोरोना भाइरस ९कोभिड–१९० पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यी तिन मध्य दुईजना बिदेशबाट आएको र एकजना बिदेशवाट आएकाका आफन्त हुन् । यसअघि नेपालमा देखिएको ६ वटा संक्रमण मध्य सबै विदेशबाट आएकाहरु मात्र थिए । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या नौ पुगेको छ । संक्रमितको पछिल्लो विवरण स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको हो ।
विज्ञहरुका अनुसार बाहिरवाट आएकाहरुवाट घरपरिवारका सदस्यलाई सर्नुलाई ‘लोकल ट्रान्समिसन’ को चरण भनिन्छ । यो अबस्थामा सबै थप सुरक्षित हुनपर्ने उनीहरुको सुझाव छ । बिश्व स्वास्थ्य संगठनका अनुसार यो अबस्थालाई कोरोना संक्रमणको दोस्रो चरण भनेर पनि चिनिन्छ ।
विदेशवाट आएपछि रुघाखोकी लागेर अस्पताल पुराइएका भाउजुमा यो संक्रमण देखिएको छ । उनी धनगढीकी हुन् । त्यसैगरी लम्कीका अर्का एक र कञ्चनपुरका अर्का एकमा संक्रमण देखिएको हो ।
