नेपालमा शासनको झलक

  •   
  •  

युवराज शर्मा
नेपालको शासन व्यवस्थामा व्यवास्थापिका, कार्यपलिका र न्यायपालिकाहरुका स्वरुपहरु फरक–फरक कार्यशैलीका छन् । सबैले नागरिकलाई कानुनी दायरामा राख्छन् । कार्यहरु कार्यान्वयन गर्न कर्मचारीहरुको व्यवस्था गरिएको हुन्छ । त्यसैले होला, कर्मचारीतन्त्रलाई स्थायी सरकार भन्छन् । व्यवस्थापिकाले कानुन बनाउँछ ।

कार्यपालिकाले त्यसको कार्यान्वयन कर्मचारीतन्त्रबाट गराउँछ । न्यायपालिकाले न्यायमूर्तिको निर्णमा न्याय स्थापित गर्छ । सबै क्षेत्रमा कर्मचारीहरुको हाबी हुन्छ । नेपालमा किराँतकाललाई महत्वपूर्ण शासनको झल मान्छन् । किनकि किराँतकालीन शासन व्यवस्था नै महत्वपूर्ण छ । यस व्यवस्थामा धर्मग्रन्थ ‘मुन्धुम’ नै शासनको आधार थियो । किराँतीहरुले ५५१ वर्ष शासन गरेका थिए ।

लिच्छवी शासनकालमा शासनको स्वरुप नयाँ बनाएका थिए । जसमा निजामति, जंगी, न्याय र प्रहरी सेवालाई अलग्याएका थिए । कर्मचारीहरु राजाको नियन्त्रण र निर्देशनमा चल्थे । वैदेशिक सम्बन्ध विस्तार कर्मचारीको सहयोगमा हुन्थ्यो । यस कालमा अत्यन्तै राम्रो शासन व्यवस्था थियो । यसको शासन व्यवस्था ५६४ वर्षसम्म नयाँ भयो । मल्ल राजाहरुले सुधारवादी निित शासन व्यवस्थामा ल्याए ।

राजा जयस्थिति मल्ल सुधारवादी भएका थिए । उनको सुधारहरु आर्थिक, सामाजिक, सांसकृतिक, धार्मिक जस्ता क्षेत्रहरुमा भएको पाइन्छ । यस शासन व्यवस्थामा काजी भीम मल्लको हत्या, दुःखपूर्ण प्रशासन देखिन्छ । मल्ला शासनकाल ७१० वर्ष चल्यो । वि.सं. १८२५ देखि १९०३ सम्म ७८ वर्षलाई सुधार हुन नसकेको अवस्था देखिन्छ । जहाँ बाइसे र चौबीसे राजाहरुको महत्व बढेको थियो । पृथ्वीनारायण शाहको एकीकरणपछि शासन पद्धतिमा सुधार ल्याउन प्रयास विफल भयो ।

वि.सं. १९०३ असोज २ गते कोतपर्वबाट जंगबहादुर रााणाको शासन सुरु भयो । यो शासन १०४ वर्षसम्म चल्यो । राणाहरुले आफूलाई श्री३ भन्थे भने श्री५ राजा थिए । राजा निष्क्रिय थिए भने राणाहरु सक्रिय थिए । तर वि.सं. १९९० मा जंगबहादुर राणाले मुलुकी ऐन जारी गरे । कानुनी आधार बनाएका थिए । त्यस समयको प्रशासन कानुनी आाधार नबनेर आदेशकारी थियो । कर्मचारीतन्त्रमा सरुवा, बढुवा, अवकास र पजनी प्रथा थियो ।

नेपालमा राणा विरोधी गतिविधिहरु बढ्दै गए । २००७ सालमा राणा शासन अन्त्यको घोषणा फागुन ७ गते भयो । प्रजातान्त्रिक प्रणालीको शासन व्यवस्था भनियो तर राणाकालीन शासन व्यवस्थामा नयाँ परिवर्तन भएन । शासकवर्गका पात्रहरु मात्र फेरिए । नागरिकले परिवर्तनको अनुभूति गर्न पाएनन् । राजा महेन्द्र शाहबाट देशको अवस्था बुझ्न भनी पूर्व मेतीदेखि पश्चिम महाकालीसम्मको भ्रमण भयो । जनताको कथा र व्यथा बुझेका थिए ।

२०१७ सालमा नेपाली कांग्रेसको सरकारलाई अपदस्त गरी शासन सत्ता आफ्नो हातमा ल्याए र पञ्चायती शासन व्यवस्थाको पद्धति लागू भयो । यो व्यवस्था ३२ वर्षसम्म चल्यो । २०४६ सालमा राजा वीरेन्द्र शाहबाट बहुदलीय व्यवस्था फर्काइयो । प्रतिनिधिसभालाई ब्यूझाइयो । नेताहरु सलबलाए । अन्त्यमा सत्ताको बागडोर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले राजदरबारमा बुझाए । फेरि राजाको शीक्त बढ्न थाल्यो ।

नेताहरुका ढुलमुले नीतिले गर्दा राज्यको अवस्था कमजोर भयो । २०५२ सालमा जन्मेको माओवादी पनि युद्धमा समावेश भयो । यसले १० वर्ष बितायो । अन्त्यमा सहमति र सहकार्यमा सबै जुटे र राजतन्त्रको समाप्तिमा लागे । २०६५ जेठ १५ गते राजालाई बिदा गरे । नेपालमा राजको २४८ वर्षको शासन समाप्त भयो । शासन व्यवस्था पनि संघीय लोकतान्त्रिक गणतन्त्र भयो ।

देशमा तीनथरिका स्थानीय, प्रदेश र संघीय सरकारको संरचना भयो । स्थानीय तहमा ७५३, प्रदेशमा ७ स्थान र संघीय सरकार एक भए । जहिले देशमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारका संगठनात्मक स्वरुपहरु छन् । कुनै पनि सरकारले कृषि, शिक्षा, स्वास्थ्य र सामाजिक वातावरणका क्षेत्रमा जनताको अपेक्षाकृत काम गर्न सफल छैनन् ।

नेपाल कृषिप्रधान देश भए पनि खेतीपातीका क्षेत्रमा सुधार हुन सकेन । अन्नबालीमा आत्मनिर्भर हुन सकेको छैन । अहिले अन्न आयात गर्ने देशमा पर्छ । यस्तो अवस्था हुनु वैदेशिक रोजगारमा युवाहरुको पलायन हुने क्रम बढ्नु । समयमा किसानहरुले मल, बिउ, ओखती र उपकरणहरु पैसा तिर्दा पनि पाउन नसक्नु, जनप्रतिनिधिहरु जनताप्रति जिम्मेवारी, जवाफदेही र पारदर्शी नहुनु, बन्न नसक्नु जस्ता कारणले गर्दा गणतन्त्रात्मक शासन व्यवस्थाको अनुभूति नागरिकले गर्न पाएनन् ।

गणतन्त्रको फाइदा ठूलो नेताहरु व्यापारी, उद्योगपति, तस्कर, जग्गा कारोबारी, ठेकेदारजस्ता व्यक्तिहरुले उठाइरहेका छन् । यिनीहरुले राष्ट्र र राष्ट्रियतालाई ख्याल गरेको पाइन्न । राजनीतिज्ञ नेताहरुको विकासप्रति गहिरो धारणा छैन । उनीहरुको सोचाइ नै धन प्राप्तिका आधारहरु पहिल्याएर आफ्नो भविष्य साकार पार्ने देखिन्छ । यस्तो व्यवहारले गणतन्त्रको शासन पद्धति नागरिकका लागि फलदायी बनेको छैन ।

नेपालको आय स्रोतको ठूलो हिस्सा कृषिकर्महरु हुन् । त्यसमा सरकारले किसानहरुलाई पैसा तिरेर सर्वसुलभ मल, बिउ, ओखती र उपकरण खरिद गर्ने सरल र सहज व्यवस्था गथर्नु पर्छ । खाद्य उत्पादनमा वृद्धि गरेर खाद्यमा आत्मनिर्भर बन्ने वातावरण बनाउनु पर्छ । उत्पादित वस्तुहरु सरकारले मूल्य निर्धारण गरेर खरिद गर्ने प्रबन्ध गर्नु पर्छ । बारी र खेतमा सड्ने कार्य गर्न दिनु हुँदैन । जनताको जीवनमा आर्थिक, सामाजिक, नैतिक र व्यावहारिक विकासको वातावरण बनाउनु जनप्रतिनिधिहरुको दायित्व र कर्तव्य हो ।

नेपालको शिक्षा प्रशासनलाई हर्दा सरकार गरिब र धनीका बालबालिका पढ्ने अलग–अलग प्रकृतिको शिक्षा लागू छ । विद्यालयहरु पनि त्यस्तै प्रकृति र प्रवृत्तिका छन् । सार्वजनिक विद्यालयहरुको अवस्था नाजुक भएका धेरै संख्यामा छन् । शिक्षा क्षेत्रमा धेै आर्थिक लगानी भए पनि उपलब्धि शून्य जस्तो छ । सरकारले सार्वजनिक स्कूलहरु स्थानीय तहको सरकारलाई जिम्मा लगाएर पनि निर्देशनको अभाव छ । पढाए पनि नपढाए पनि तलव पाइने र राजनीतिमा खुलेर हिड्न पाइने, शिक्षा सेवा, विद्यार्थीहरुलाई फलदायी बन्न सकेन ।

जनप्रतिनिधिको नजिक हुनु, पहुँच बढाएर स्वार्थ पूरा गर्नु र सेवामा पदोन्नति पाउनु जस्ता कार्यशैलीमा धेरै शिक्षकहरु छन् भने जागिर जोगाउन तल्लीन भएका पहुँचविहीन शिक्षकहरु छन् । यस्तो वातावरणमा सामुदायिक विद्यालयहरु चलेका छन् । धेरै स्कूलहरुमा आर्थिक अभाव, सहयोगको भावना समाजबाट हराउनु विद्यालयको व्यवस्थापन समितिले व्यवस्थापन गर्न नसक्नु नै कारणहरु हुन् ।

स्वास्थ्यको अभाव छ । अझै पनि धामी, झाँक्रीमा निर्भर गाउँलेहरु छन् । देशमा रोजगारको वातावरण बन्न नसकेर हो वा व्यवस्थापन केन्द्रीय सरकारले देखाउन नसकेको हो ? नागरिक अन्यौलमा छन् । पढेका युवाहरु पनि विदेश पलायन हुनु चिन्ताको विषय हो ।

गणतन्त्रमा राज्यको प्रशासन गर्नेहरुले शासनको झलक दिन सकेको अवस्था छैन । दलीय व्यवस्थामा विभिन्न तहका सरकार भए पनि अधिकार र कर्तव्य नागरिकलाई देखाउनु पर्दथ्यो । त्यसो नगरेर उन्तरकलहमा दलहरु अलमलमा भएको अवस्था छ । गणतन्त्रको अवधि ५ वर्ष बित्यो ।

शासनको झलक पञ्चायती शैलीको बन्दै छ । यसमा सुधार हुनु पर्छ । राजनीतिक सिद्धान्त र कार्यशैली दलहरुमा बन्न सकेन । आपसी व्यवहार र कार्य प्रणालीमा एकरुपता ल्याएर कृषि, शिक्षा, स्वास्थ्य र रोजगार क्षेत्रमा सुधार गर्नु पर्छ । गणतन्त्रका कार्यशैलीको अनुभूति दिने शासनको झलक नागरिकले सम्झने वातावरण बनाउनु पर्छ ।