Goraksha

National Daily

कला संस्कृतीसँगै मगर लिपी संरक्षणमा ध्यान दिनुपर्छ : अध्यक्ष पुन मगर

प्रेमविवश घर्ती मगर
काठमाडौ,१५ असार । नेपाल मगर सांस्कृतिक संघ केन्द्रिय समितिको १८ औं स्थापना दिवस तथा ७ औं राष्ट्रिय महाधिवेशनको काठमाडौमा उद्घाटन गर्दै नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले मगर कला सस्कृतिसँगै लिपी संरक्षणमा ध्यानुपर्ने बताएका छन् ।

नेपाल मगर सास्कृतिक संघको अध्यक्ष कविराज मगरको अध्यक्षता तथा नेपाल मगर संघका केन्द्रिय अध्यक्ष पुनमगरको प्रमुख आतिथ्यतामा भएको उदघाटन कार्यक्रममा बोल्दै पुनले सास्कृतिक संघले हाम्रो कला सस्कृतिलाई प्रस्तुत गरेर मात्र नपुग्ने भएकाले संरक्षणमा जोड दिनुपर्ने बताएका हुन । उनले अब नेपाल मगर सास्कृतिक संघले मगरहरुको भेषभुषा, कला सस्कृतिलाई राष्ट्रिय तथा अन्तरास्ट्रियस्तरमा संरक्षण र प्रवर्द्धन गर्न नितान्त आवश्यक रहेको वताए ।

त्यस्तै मगर सास्कृतिक संग्राहलयको स्थापना र मगर भाषा लिपीलाई पनि अगाडि ल्याउनुपर्ने बताए । महिला उपाध्यक्ष अमला थापा मगरको स्वागत मन्तव्यबाट शुरु भएको उदघाटन कार्यक्रमको संचालन महासचिव विलन थापामगरले गरेका थिए । अधिवेशनले नेपाल मगर सास्कृतिक संघको नयाँ नेतृत्व चयन गर्नेछ ।