अपांगताका बारेमा जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखीकरण

  •   
  •  

शान्तिनगर, १२ असार । अपांगता अभिमुखीकरण कार्यक्रम शान्तिनगरमा सम्पन्न भएको छ । अपांगता सशक्तीकरण केन्द्र नेपालको आयोजना तथा शान्तिनगर गाउँपालिकाको सहयोगमा जनप्रतिनिधि, पालिकाका कर्मचारी, अपांगता भएका ब्यक्तिहरुलाई अभिमुखीकरण गराइएको थियो ।

अपांगता भएका ब्यक्तिलाई सम्बोधन गर्दा मर्यादित शब्द, अपांगतासम्बन्धी संबैधानिक ब्यबस्था, ऐन–कानुन, नियमावली, कार्यबिधि र १० बर्षे कार्ययोजनाका बारेमा अभिमुखीकरण गरिएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले स्वाभलम्बी बन्नका लागि अपांगता भएका ब्यक्तिलाई लक्षित गरी बजेट बिनियोजन गरिने बताए । उपाध्यक्ष प्रेमा बुढाथोकीले तालिमले अपांगता भएका ब्यक्तिहरुलाई सशक्तीकरण गर्ने र नेतृत्व विकासका साथै आयआर्जनमा मद्धत पुग्ने बताइन् ।

कार्यक्रम संस्थाका अध्यक्ष रजनी शाहको अध्यक्षतामा भएको थियो भने पत्रकार एवं अधिकारकर्मी सुशील बस्नेत र अधिकारकर्मी निर्मल नेपालीले प्रशिक्षण दिएका थिए । औपचारिक कार्यक्रममा स्वागत मन्तब्य खुमबहादुर वली र सहजीकरण संस्थाका सुमन गौतमले गरेका थिए ।