दुव्र्यसनविरुद्ध शान्ति समाजको विद्यालय अभियान

  •   
  •  

दाङ, १२ असार । मानवअधिकार तथा शान्ति समाजले दुब्र्यसनविरुद्ध बिद्यालय केन्द्रित कार्यक्रम गरेको छ । शान्ति समाजले जुन २६ अर्थात लागू औषध ओसार–पसारबिरुद्धको दिवसका अवसरमा कार्यक्रम गरेको हो ।

जिल्लाका २० बढी बिद्यालयमा विद्यार्थी, शिक्षक र कर्मचारीसँग अन्तत्र्रिmया समेत गरेको शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति सुशील बस्नेतले बताए । शान्ति समाजले तयार पारेको लागूऔषध मदिरा दुब्र्यसनविरुद्ध अवधारण–पत्र वितरण गरिएको छ । अवधारणा–पत्रमा अभिभावकको भूमिकामा १० वटा बुँदा समेटिएका छन् ।

कतै आफ्ना सन्ततिहरु किशोरास्थामा लागूऔषध मदिरा दुव्र्यसनको शिकार त भइरहेको छैनन् ? अभिभावकीय कर्तब्य पूरा गर्नका लागि अभिभाबकीय निगरानी आवश्यक छ । लागूऔषधको दुष्प्रभाव र भविष्यमाथि कुठाराघाट सम्बन्धमा घनिभूत पारिवारिक संवाद आवश्यक छ ।

बिद्यालयको भूमिकामा लागूऔषध मदिरा दुब्र्यसनमुक्त विद्यालय बनाउन बिशेष योजनासहित दुब्र्यसन रोकथाम कार्यक्रम प्रत्येक बिद्यालयसँग हुनुपर्छ, यसका लागि दुब्र्यसन रोकथाम विद्यालय शिक्षा कार्यक्रम प्रत्येक विद्यालयमा सञ्चालन गर्नुपर्नेलगायतका १० वटा बुँदा समेटिएका छन् ।

त्यस्तै लागूऔषध मदिरा दुब्र्यसनमुक्त कार्यस्थललाई दुब्र्यसनबाट सुरक्षित बनाउन सम्बन्धित निकाय कार्यालय संस्थामा दृढ अठोट हुनुपर्नेलगायतका बुँदा पनि समेटिएको छ ।

अवधारण–पत्र मावि तुलसीपुर सेन्टर, महेन्द्र माबि, राप्ती बिद्यामन्दिर, ग्रेट अरनिको, मावि कालाखोला, लिटेल हेभन, माबि बालापुर, ज्ञानेदय बोर्डिङ स्कुल, जनप्रिय स्कुल, माबि अश्वारा, मावि दोघरे, हिमाल ऐकाडेमी, भ्याली टप, डिभाईन टेम्पल, ज्ञानज्योति, अमर माविलगायत २० वटा विद्यालयमा अन्तत्र्रिmया तथा अवधारण–पत्र वितरण गरिएको छ ।

कार्यक्रममा शान्ति समाजका वरिष्ठ उपसभापति सुशील बस्नेत, केन्द्रीय सचिव निर्मल नेपाली, शाखा सभापति तुलसीराम सुनार, सचिव निर्मला योगी, सहसचिव उषा गौतम, कोषाध्यक्ष कोमल डाँगी, सदस्य भीमलाल मरासिनी, माधव बस्नेत, यज्ञ बिक र पूर्ब कोषाध्यक्ष अमृतप्रसाद शर्मा सहभागिता थियो ।