बैक व्याज र राजस्व छुट दिन व्यवसायिको माग
दाङ, २१ चैत । दाङ जिल्ला उद्योग वाणिज्य संघले उद्योगी व्यवसायिहरुको मनोवल उच्च राख्नका लागि राज्यले बैक ब्याज, राजस्व छुट दिन माग गरेको छ । संघका अध्यक्ष नारायणप्रसाद भुसाल तथा संघका महासचिव नरेश कार्कीले शुक्रवार एक विज्ञप्ती जारी यस्तो माग गरेका हुन ।
विश्व व्यापी रुपमा फैलिरहेको कोरोना भाइरस वाट नेपाल उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको अवस्थामा नेपाल सरकारले यही चैत ११ गते वाट देश भर लकडाउन गरि रहेकोे यस विषम परिस्थितीमा निजी क्षेत्र अत्यन्त प्रभावित भइ उद्योगी तथा व्यवसायिहरु सडकमा आउने अवस्था सृजना भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
साथै घर वेटीहरुले भाडामा वसेका उद्योगी व्यवसायिहरुलाई लकडाउनको अवधी भर घर भाडा छुट गरि दिइ आग्रह गरिएको छ ।
