अग्नी पीडितलाई कांग्रेसको राहत
शिबराज खनाल/दुखहरण यादव
देउखुरी, चैत्र २० । नेपाली काङ्ग्रेस क्षेत्र नं. १ दाङले गढवाका अग्निपिडितहरुलाई राहत बितरण गरेको छ ।
गढवा गाउँपालिका वडा नं ६ मनिकापुरमा बिहिबार भएको आगलागी पीडितलाई राहत बितरणका लागि नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य योगेन्द्र चौधरी नेपाली काङ्ग्रेस क्षेत्र नं १ सभापती भेषराज पान्डेलगायतको टोलिले आगलागी पीडित ६ घर परिवारलाई राहत स्वरुप खाद्यान्न सहयोग गरेको हो ।
मुलुक यतिबेला कोरोनाको संक्रमणबाट जोगिन सरकारद्वारा जारी गरिएको लकडाउनको पालना गरेर बिपत्तीसंग लडिरहेको बेला आगलागी भएर महाबिपत्तीको सामना गरिरहेका अग्नि पीडित परिवारलाई खाद्यान्न सामाग्री सहयोग गरेर पीडकको पीडालार्इ बाड्ने सानो प्रयत्न गरेको नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य योगेन्द्र चौधरीले बताए ।
बिहिबार बिद्युतको तार सर्टभर्इ आगलागी भएर १ घर ,१ गोठ जलेक कृष्ण बहादुर सुनार, १ घर, १ भान्सा जलेका भक्तबहादुर सुनार, १ घर, १ गोठ जलेको बिनोद सुनार, ऋशि राना र बिष्णु राना तथा ७० हजार नगद जलेको नेत्र गिरिको परिवारलाई सहयोग स्वरुप चामल, दाल, नुन, तेल र साबुन सहयोग गरेको नेपाली काङ्ग्रेस क्षेत्र नं १ का सभापती भेषराज पान्डेयले जानकारी दिए ।
उक्त राहत बितरण कार्यक्रममा नेपाली काङ्ग्रेसकानेताहरु जानकीलाल बस्नेत, दिवानजङ चौधरी, कर्ण बहादुर बुढाथोकी, अनुप थापा,गढवा गाउँ पालिकाका ने.का. सभापती बालचन्द्र हमाल, गोबिन्द ओलिलगाएतकाको सहभागिता रहेको थियो ।
