Goraksha

National Daily

विपन्न वर्गलाई राहत बाँडन सुरु

तुलसीपुर, २१ चैत । तुलसीपुर उपमहानगरपालिकाले कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनका कारण घरमै वस्न बाध्य भएका विपन्न वर्गका जनतालाई राहत वाँड्न सुरु गरेको छ । राहत वितरण प्रभावकारी वनाउनका लागि उपमहानगरपालिकाले निर्देशिका समेत वनाएको छ ।

निर्देशिक अनुसार विभिन्न टोलबाट आएका निवेदनहरुलाई वडाध्यक्षले छनोट गरेर उपमहानगरपालिकामा बुझाए संगै राहत वितरण सुरुगरेकोहो । “वडाबाट आएको नाम अनुसार राहत उपलब्ध गराइनेछ सोही अनुसार नै वडाध्यक्षले वितरण गर्नुहुनेछ” विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले भने । आज ५ वटा वडामा वितरण गरिने छ । वडा नम्वर १,२,३,१६ र १७ मा राहत वितरण गरिनेछ । राहत वितरणलाई व्यवस्थित वनाउनका लागि उपमहानगरपालिकाले फोटो सहितको अभिलेख राख्ने भएको छ । “कतिपय हुने खानेले पनि राहत लिने गरेको कुरालाई मध्यनजर गरेर यो गरिएको हो ”प्रवक्ता सुर्यवहादुर डाँगीले भने प्रवक्ता डाँगीका अनुसार विपन्न परिवारलाई पहिलो प्राथमिकतामा राखेर राहत वितरण गरिनेछ ।

यो भन्दा अगाडि वडाकै पहलमा वडा नम्वर ३ ले २३६, वडा नम्वर ५ ले १२५, वडा नम्वर ६ ले १७९ परिवारलाई चामल, दाल, पिठो, तेल, सावुन , मास्क लगायतका राहत वितरण गरिसकेको उपमहानगरपालिकाले जानकारी दिएको छ । उपमहानगरपालिकाले राहत कोष स्थापना गरि विभिन्न व्यक्ति र संघसंस्थाबाट सहयोग संकलन गरेको छ । कोषमा उपमहानगरपालिकाले रु ५० लाख रुपैया राखेको छ भने अन्य व्यक्ति र संघ संस्थाबाट पनि सहयोग प्राप्त भई रहेको उपमहानगरपालिकाले जनाएको छ ।