‘फिल्म’को ‘स्क्रीन’मा आफूलाई देख्दा …

  •   
  •  

मीठो बोली, मिलनसार र सहयोगी स्वभावकी धनी जुनकुमारी बुढा राजनीति तथा सामाजिक क्षेत्रमा स्थापित बन्दै गरेको नाम हो । उमेर करिब तीन दशकमा प्रवेश गरेकी बुढा राजनीतिदेखि विभिन्न सामाजिक संघसंस्थामा संघर्षरत छिन् । उनले आपूm आबद्ध भएका संघसंस्थामार्फत् समाजिक सचेतना, नेतृत्व र क्षमता विकाससँगै सीपका माध्यमबाट महिलालाई आत्मनिर्भर बनाउने कार्यमा सक्रिय छिन् ।

जीवनमा अनेकौँ दु.ख र अप्ठेराका मोडहरू आइपरे पनि निरन्तर संघर्ष र चुनौतीलाई सामना गर्नसक्ने आँट आपूmमा राख्नु पर्छ भन्ने सोच राख्ने बुढाको जीवनमा पनि सुख, दुःखसँगै संघर्षले भरिएको कथाहरू थुप्रै छन् । तीनै संघर्षका कथाहरूमा खुसीका पलहरू खोज्ने क्रममा बुढाले आफ्नो जीवनको पहिलो खुसीको रूपमा आफैले अभिनय गरेको पहिलो ‘फिल्म’को ‘स्क्रीन’मा आपूmलाई देख्दाको क्षणलाई सम्झिन्छिन् ।

स्वभावले सानैदेखि आँटिली भए पनि नाच्ने र गाउनेमा रूचि भने थिएन । त्यसैले गर्दा गाउँका आपूmसँगै साथी तथा दिदीबहिनीहरू केही कार्यक्रमहरूमा नाच्ने, गीत गाउने गरे पनि आपूm भने त्यस्ता कार्यक्रममा नगएर घरमै बस्ने गरेको उनी बताउँछिन् तर समयले भने उनलाई जे गर्न मन थिएन, त्यही बाटोमा डो¥याउँदै ल्याएर फिल्मकी ‘नायिका’को रूपमा जोडिदिएको बताउँछिन् ।

आफ्नो जीवनमा घटेका खुसीका पलहरू पंक्तिकारलाई सुनाउने क्रममा उनले भनिन्, ‘मान्छेको जीवनमा जे गर्न मन हुँदैन, कहिलेकाहीँ त्यही गर्नुपर्ने हुँदो रहेछ । मलाई सानैदेखि नाच्न, गाउन र अभिनय गर्न मन पर्दैनथ्यो । र, गर्दैन थिएँ पनि तर समयले डो¥याउँदै फिल्ममा अभिनय गर्ने बनायो । पछि त्यही फिल्म पर्दामा हेर्दा आपूm देखिँदाको त्यो क्षण मेरो जीवनको सबैभन्दा खुसीको क्षण हो ।’ फिल्म मगर भाषामा निर्माण भएको ‘लोकन्ती’ थियो ।

त्यसपछि उनले मगर भाषाकै अर्काे फिल्म ‘गाउँला’मा समेत अभिनय गरेकी थिइन् । मगर समुदायको कला, संस्कृति संरक्षणसँगै सचेतना फैलाउने उद्देश्यले निर्माण भएका फिल्महरूमा गरेको अभिनयबाट राम्रो तारिफसँगै हौसला प्राप्त गरेकी थिइन तर उनले निरन्तरता दिन भने सकिनन् ।

त्यही क्रममा उनी राजनीतिमा लागिन् । राजनीतिमा लाग्दा सम्बन्ध बढ्दै गयो । राजनीतिमा अघि बढ्दै गर्दा उनी पहिलो पटक तरुण दलको जिल्ला सदस्य भइन् । त्यस क्रममा उनले नेपाल मगर विद्यार्थी संघ, मगर सांस्कृतिक संघलगायतका संघमा आबद्ध रहेर पनि काम गरिरहेकी थिइन् । जसले गर्दा उनको पार्टीभित्र र बाहिर सम्बन्ध बढ्दै गइरहेको थियो । त्यही क्रममा उनी दाङ महिला जेसीजमा आबद्ध भइन् । दाङ महिला जेसीजका माध्यमबाट उनले नेतृत्व र क्षमता विकाससँगै विपद्को समयमा जनताको सेवाका लागि समेत काम गर्ने अवसर प्राप्त गरिन् ।

राजनीतिसँगै सामाजिक क्षेत्रको संक्रियताका कारण यही वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका क्रममा उनी घोराही उपमहानगरपालिका वडा नं. १४ मा वडा सदस्यको उम्मेदवार बन्न पुगिन् । उनी आबद्ध नेपाली कांग्रेस पार्टीले गठबन्धनका माध्यमबाट उनलाई वडा सदस्यको उम्मेदवार बनाएको थियो । उक्त निर्वाचनमा जनताको अमूल्य मत प्राप्त गरेर जनप्रतिनिधिका रूपमा विजयी हुँदाको क्षण आफ्नो जीवनको अर्को खुसीको क्षण भएको बुढा बताउँछिन् ।

‘भर्खरै सम्पन्न भएको स्थानीय तह निर्वाचन मेरा लागि नौलो थियो । यसभन्दा पहिले मैले निर्वाचन लडेको थिइनँ’, उनले भनिन्, ‘त्यही भएर कांग्रेस र माओवादी पार्टीको गठबन्धन भए पनि नतिजा के आउला भन्ने डर मनमा हुन्थ्यो तर निर्वाचनको परिणाम आउँदा निर्वाचन जित्न पुगे । जनताले पत्याएर जनप्रतिनिधिमा अनुमोदन गर्दाको क्षण मेरो जीवनको सबैभन्दा ठूलो खुसीको क्षण हो ।’ जनताले अनुमोदन गरेपछि वडा र जनताको विकासका लागि थप जिम्मेवारीबोध भएको उनी बताउँछिन् ।

स्थानीय तह निर्वाचनमा वडा सदस्यमा जितेकी बुढालाई पार्टीले आवश्यकता महसुस गरेर पछि जिल्ला समन्वय समितिको सदस्यमा पठाउने निर्णय ग¥यो । जिल्ला समन्वय समितिको सदस्यमा उनी निर्विरोध निर्वाचित भएकी थिइन् । त्यो क्षण पनि आफ्नो जीवनको महत्वपूर्ण खुसीको क्षण भएको उनी बताउँछिन् ।

‘राजनीतिमा भर्खर अघि बढ्दै गरेको थिए, त्यो हिसाबले मलाई ठूलो अपेक्षा थिएन’, उनले भनिन्, ‘तर पार्टीले विश्वास गरेर मलाई वडा सदस्यको उम्मेदवार बनायो । त्यहाँ जितेपछि जिल्ला समन्वय समितिको सदस्य बनाउने निर्णय ग¥यो । पार्टीले आपूmप्रति गरेको विश्वास पनि मेरा लागि खुसीको कुरा हो ।’

रुकुमको महेन्द्र माध्यमिक विद्यालयबाट औपचारिक पढाइ सुरु गरेकी उनले घोराही उपमहानगरपालिका–१४ स्थित बालविकास माध्यमिक विद्यालयबाट पाँच कक्षा पास गरेकी थिइन् । त्यसपछि ६, ७ र ८ कक्षा भरतपुर स्थित पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयमा पढेकी उनले ९ र १० कक्षा राप्ती आवासीय विद्यालय (साविकको राप्ती कन्या माध्यमिक विद्यालय)बाट गरेकी हुन् ।

एसएलसी पास गर्दाको क्षणलाई पनि आफ्नो खुसीको पलका रूपमा लिन्छिन् । ‘एलएलसी अहिलेको जस्तो सहज थिएन । त्यो बेला एसएलसी पास गर्नलाई धेरै मिहिनेत गर्नु पथ्र्याे । मैले पनि त्यहीअनुसारको गरेकी थिएँ तर आफ्नो अंग्रेजी विषय कमजोर भएकाले परीक्षा राम्रै दिए पनि रिजल्ट के हुन्छ होला भन्ने आशंका मनमा लागिर हन्थ्यो’, उनले भनिन्, ‘तर रिजल्ट आउँदा पास भएको रहेछुँ । त्यो खबर सुन्दा निकै खुसी लागेको थियो ।

पास भएको खुसियालीमा साथीहरू मिलेर २० रूपैयाँ प्लेट चाउमिन खाएका थियौँ, त्यो क्षण अहिले सम्झँदा पनि खुसी लाग्ने गर्दछ ।’ २०४७ साल साउन १२ गते पूर्वी–रुकुमको पुथाउत्तरगंगा गाउँपालिका–१० तकगाउँमा बुबा धन बुढा र आमा मैती बुढाको कोखबाट जन्म लिएकी बुढा अहिले घोराही उपमहानगरपालिका–१४ सभागृह टोलमा बस्दै आएकी छिन् । तीन भाइबहिनीमध्ये बुढा कान्छी सन्तान हुन् । उनका प्रेमकुमारी बुढा र तकस बुढा दिदी र दाइ रहेका छन् ।

विभिन्न संघसंस्थामा आबद्ध भएर सामाजिक सेवाको क्षेत्रमा सक्रिय उनी नेपाली कांग्रेसको प्रदेश महाधिवेशन प्रतिनिधि, दाङ महिला जेसीजको जनसम्पर्क अधिकारी, तरुण दल दाङको जिल्ला कार्यसमिति सदस्य, नेपाल मगर सांस्कृतिक संघको केन्द्रीय सदस्य, नेपाल मगर विद्यार्थी संघको केन्द्रीय भाषिक उपाध्यक्षलगायतका संघसंस्थाहरूमा आबद्ध छिन् ।
प्रस्तुती : लिलाधर वली