कृषकलाई मल उपलव्ध गराउन कांग्रेसको माग

दाङ, ६ असार । कृषकलाई सर्व सुलभ रुपमा रासायनिक मल उपलव्ध गराउ नेपाली कांग्रेस दाङ क्षेत्र नं २ ले माग गरेको छ ।

क्षेत्र नं २ को सोमवार बसेको बैठकले यस्तो माग गरेको हो । कृषि प्रधान देश भएता पनि सरकारले कृषकलाई उपलव्ध गराउनु पर्ने रासायनिक मल सुलभ तरिकाले वितरण प्रक्रियालाई सहज गर्न नसक्दा कृषहरुलाई परेको मर्का प्रति नेपाली काँग्रेस क्षेत्र नं २ दाङले सम्वन्धित निकायलाई ध्यानाकर्षण गराएको छ ।

नेपाली कांग्रेसका क्षेत्रीय सभापति भीमप्रकाश खड्काको अध्यक्षतामा सोमवार घोराहीमा बसेको बैठकले मल जति सक्यो चाडै किसानलाई उपलव्ध गराउन माग गरेको हो ।