धानखोलामा पहिरोमा परी दुई भारतीय बेपत्ता

दाङ, ६ असार । प्यूठानको स्वगद्वारी मन्दिरको दर्शन गरेर फर्किएका दुई भारतीय पहिरोमा परी बेपत्ता भएका छन् ।

लु २ ख २७१६ नम्बरको फोर्स गाडिबाट घर फर्किँदै गरेका दुई भारतीय कपिलवस्तुको शिवराज नगरपालिका–१ मा पर्ने धानखोलामा पहिरोमा परी बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा भारतको सिद्धार्थनगर जिल्ला बस्ने वर्ष १७ का निखिल कौशाल, वर्ष १८ सुरज सोनी रहेको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने खोलमा भारतीय नागरिक फोर्सबाट झरेर आउँदै गर्दा अचानक आएको पहिरोले बगाएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनकारी दिएको छ । हराएको भारतीय नागरिकको खोजीकार्य जारी रहेको छ ।