अप्ठ्यारमा परेका बिद्यार्थीहरुलाई सहयोगको अभियान
घोराही चैत २० । घोराहिका केही युबा विद्यार्थीहरुले लकडाउनका बेला खाद्यान्न अभाव परेका विद्यार्थीहरुलाई सहयोग अभियान थालेका छन् । यसै क्रममा घोराही १८ अम्बापुरको एक असहाय परिवारका चार बिद्यार्थीका लागि खाद्यान्न सहयोग गरिएको छ ।
कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारन खाद्यान्न जोहो गर्न समस्या परेका प्रताप ठकुरीका चार सन्तानका लागि ती बिद्यार्थिहरुले खाद्यान्न सहयोग गरेका हुन। घोराहिका विद्यार्थी युबाहरु कुलराज पोखरेल, निरज गिरी, पुर्ण कार्की, मदन रिजाल, अशिम कालाथोकी र बिकाश भट्ट्राइले एक बोरा चामल, एक थैलो आटा सहयोग गरेका हुन् ।
ठकुरिले मजदुरी गरेर आफ्नो परिवारको जोहो गर्दै आएका छन् । तर लकडाउनका कारण काम ठप्प भएपछि खाद्यान्न अभाव भएको थियो । यी युबाहरुले फेसबुक मार्फत आफुहरुले सहयोग अभियानको सुरुवात गरेका हुन् । ‘हामिहरुले यो अप्ठेरो अवस्थामा सानै भए पनि सहयोगको थालनी गरौं भन्ने योजना बनाएर फेसबुक मार्फत घोषणा गर्यौ,’ अभियानमा रहेका कुलराज पोखरेलले भने -‘अम्बापुरमा एक परिवारका साना विद्यार्थी भाइ बहिनीहरुलाई खाद्यान्न समस्या परेको खबर पाउँदा बित्तिकै खाद्यान्न पुर्याएका हौं ।’ पोख्रेलले अन्य बिद्यार्थिहरुले पनि समस्याका बारेमा सम्पर्क गर्नासाथ आफुहरु सहयोगका लागि पुग्ने बताए।
