Goraksha

National Daily

नेपालमा थप एक कोरोना संक्रमी भेटिए

काठमाडौं, चैत २०। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा थप एकजना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा कोरोना संक्रमित व्यक्तिको संख्या ६ पुगेको जानकारी दिएका हुन् । यस अघी भेटिएका पाँच संक्रमित मध्य एकजना निको भैसकेका छन् भने बाँकी ४ को उपचार भैरहेको छ ।
छैटौं व्यक्ति पनि विदेशबाट आएका रहेको प्रबक्ता देवकोटाले जानकारी दिएका छन् । उनी चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्यूआर ६५२ बाट नेपाल आएको बुझिएको छ । ती व्यक्ति कहाँका हुन् र कहाँ उपचाररत छन् भन्नेबारेमा भने मन्त्रालयले केही बताएको छैन् ।

संक्रमण देखिएका मध्य पहिलो व्यक्ति उपचारपछि घर फर्किसकेका छन् भने दोस्रो संक्रमित व्यक्ति काठमाडौंकी १९ वर्षीया युवती हुन् । उनी फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको क्यू आर ६५२ जहाजबाट काठमाडौं आएकी थिइन् । तेस्रो धादिङको, चौथो धनगढीको र पाँचौं बाग्लुङको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

सरकारले दोस्रो संक्रमी फेला परेपछि देशभर लकडाउन घोषणा गरेको थियो ।