Goraksha

National Daily

राज्यसत्ताको फन्को

युवराज शर्मा
बाल्यकालमा चर्केपिङ अथवा पिर्केपिङ खेली दशै र तिहार आएको राम्रो सम्झना छ । त्यसमा खेल्न पाएमा आनन्द महसुस हुन्थ्यो । तर सधै नाराजुलुस गर्ने, जनतालाई उत्तेजित पार्ने, एकआपसमा अन्तरकलह मच्याउने, आफ्नो स्वार्थपूर्ति गर्ने, विश्वासघाती व्यवहार गर्ने व्यक्ति राजनीतिक नेता मानिन्छ ।

यस्ता व्यक्तिहरुको चरित्रले सत्ताको फन्को मार्दै आएको इतिहास छ । राणाकालमा राणाहरुलाई सत्ताबाट हटाउन नेता टंकप्रसाद आचार्य, गणेशमान सिंह श्रेष्ठ, विपी कोइराला अग्रपंक्तिमा पर्छन् । हुनत आन्दोलन, सत्याग्रह र विद्रोह गर्नेहरु धेरै नेता र कार्यकर्ताहरु थिए । उनीहरुको इतिहासले दर्शाएको छ । राजाको शासनकालमा पनि नेताहरुको महत्व राख्थ्यो । पञ्चायती शासन व्यवस्थामा पनि तीन नेताहरुको फन्को चल्थ्यो ।

जसमा डा. तुलसी गिरी, सूर्यबहादुर थापा, कीर्तिनिधि विष्ट, लोकेन्द्रबहादुर शाहहरुको फन्को चल्थ्यो । सबै नेताहरु राजाको स्तुतिगानमा रमाउँथे । पञ्चायतीकालका अन्तिम प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठले राष्ट्र र राष्ट्रियताका सवालमा विदेशी मुलुकसँग शीर नझुकाएको पाइन्छ । राजालाई अगुवा मानेर नेताहरुले राज्यसत्ताको फन्को मारेका थिए । गणतन्त्रमा पनि नेताहरुले राज्यसत्तामा फन्को मार्दै आएका छन् । उनीहरुको कार्यशैली सिर्जनात्मक बनेन ।

२०६३ चैत २७ गतेदेखि लोकतन्त्रात्मक गणतन्त्रको स्थापना गर्ने भन्दै जनआन्दोलन नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीहरुको समूह सात दलहरु मिलेर संघर्ष गरेका थिए तर त्यस समयको माओवादी पनि विरोधमा ब्याकफोर्स बन्न पुग्यो । नेपाली कांग्रेस पनि राज्यविरुद्धमा खनिएका थिए । राजा बीरेन्द्र शाहबाट सांसद पुनर्बहाली र सांसदसभा ब्यूताइदिए । त्यसपछि १२ बुँदे सम्झौता माओवादीसँग गरेर उनीहरुलाई राज्यसत्तामा भित्र्याएर सांसद बनाएको थियो ।

अब सबै दलहरु लोकतान्त्रिक धारमा आए पनि राज्यसत्ताको फन्कोमा सोभित भयो । दलहरु राजनीतिक धारणालाई त्यागेर राज्यसत्ताको सुख–सुविधामा रमाउने वातावरण बन्यो । पदीय जिम्मेवारी, जवाफदेहिता र पारदर्शिताको अभाव भयो । सबै दलहरुका नेताहरुमा पद र शक्तिका लागि नैतिकतालाई ख्याल नगरेर व्यक्तिगत स्वार्थमा रमाउने वातावरण बन्यो ।

राजनीतिक दलीय व्यवस्था पनि सामाजिक विकासमा कमी–कमजोरी जनमानसमा देखियो । निर्वाचनमा गठबन्धन गरेर पद जोगाउने रणनीतिमा अगुवा नेताहरु लागिपरेका छन् । यसबाट अविश्वासको वातावरण समाजमा देखियो । त्यसको प्रभाव स्वतन्त्र उम्मेदवारहरु विजय भएको निर्वाचन देखियो । यसले लोकतन्त्रको प्रभाव जनतामा परेन । गणतन्त्रको अनुभूीत पनि नागरिकहरुले गर्न पाएनन्, पाएका पनि छैनन् ।

राज्यसत्ता चलाएका राजा ज्ञानेन्द्र शाहलाई २०६५ जेठ १५ गते राजाको पद त्याग गराएपछि सत्ताको हालीमुहाली नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीमा सीमित भयो । संविधान सभाबाट दुई तिहाई बहुमतले नेपालको संविधान २०७३ साल आश्विन ३ गते राष्ट्रपति रामवरण यादवले संविधानसभाबाट घोषणा पनि भयो । राज्यसत्ता पनि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सञ्चालन गर्दै आएका छन् ।

कार्यकारी प्रधानमन्त्री बनाइयो । राष्ट्रपतिलाई सेरेमोनियलमा सीमित भयो । आलोपालो गरेर राज्यसत्ताको फन्को मार्ने काम नेपाली कांग्रेसका शेरबहादुर देउवा, नेकपा एमालेका खड्गप्रसाद शर्मा ओली (के.पी. शर्मा ओली) र नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ अगुवा नेताहरुले राज्यसत्ताको फन्को लगाइरहेको इतिहास बनेको छ । एकपटक केपी शर्मा ओली र पुष्पकमल दाहालले आपसमा घाँटी जोडेर नेकपा बनाए ।

नेपालमा कम्युनिष्टको सरकार छ भन्ने सन्देश दिए तर आपसी द्वन्द्वका कारण टिक्न सकेनन् । दुईदिने घामछायाँ देखाए । अन्तमा केपी ओलीले संसदसभा भंग गरेर ताजा जनादेशमा जाने निधो गरे पनि सर्वोच्च अदालतले संसदसभा ब्यूताइदियो । अर्कोपटक पनि त्यस्तै भयो । अन्तमा सर्वोच्चले प्रधानमन्त्री शेरबहादुर देउवालाई तोकिदिएर नेताहरुलाई तह लगाएको वातावरण बन्यो ।

तैपनि तीन नेताहरुको फन्को चल्यो । जसमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल र माधवकुमार नेपाल एक मुठो बने, गठबन्धन गरे । निर्वाचनमा भाग लिए । एकले अर्कालाई धोखा भयो पनि भने ।
नेपाली नागरिकहरुले अहिले पनि शान्तिको अनुभूति गर्न पाएका छैनन् । महिलाहरु घरेलु हिंसाले पीडित छन् । युवतीहरु बलात्कारमा रन्फन्नीन्छन् । युवाहरु रोजगारका लागि घरजग्गा बेच्दै विदेशिएका छन् । बृद्धबृद्धाहरु घरपरिवारबाट अपहेलित हुनुपरेको छ । बालबालिका पनि दुव्र्यसनीको शिकार भएका छन् भने कतिपय पढाइबाट वञ्चित छन् ।

खानका लागि बाल मजदुर बन्न बाध्य छन् । सहर–बजारमा खाते जीवन जिउन बाध्य छन् । राज्यसत्ताको फन्को लगाउनेहरु कमिशनमा डुबेर यसलाई भ्रष्टाचार भन्नुहुन्न भन्छन् । गाउँले किसानहरुले पैसा तिर्दा पनि मल र बीउ पाउँदैनन् । कृषिप्रधान देशका किसानहरुको समस्या समाधान गर्ने राज्यको फन्को मार्नेहरुलाई ज्ञान छैन । साथै अध्ययन छैन । समस्या समाधान गर्ने क्षमता देखिएन । सत्ताको फन्को मार्दा पनि राष्ट्र, राष्ट्रियता, नैतिकताको ख्याल गर्ने गरेको पनि पाइन्न ।

के कामका लागि सत्तामा बस्नुपर्छ ? धेरैलाई पदीय कार्यप्रणाली बुझ्न नसकेका हुन् ? अथवा जिम्मेवारीबोध गर्न पनि नसकेको हो ? नागरिकहरु अन्योलमा भौतारिन्छन् । धेरैले भन्छन्, सुन्दर, शान्त नेपाल । घुमफिरका लागि प्राकृतिक सुन्दरताले भरिभराउ स्रोतहरु भएको देश नेपाल । तर यहाँको समस्या यस्तै छ, त्यो हो यातायातको सुलभता तैपनि पदमार्ग राम्रो हुनुपथ्र्यो । पर्यटकहरुको मन प्रसन्न हुने मार्ग बनाउनुपथ्र्यो ।

त्यस्तो पाइँदैन । धेरै पर्यटकहरु पैदल मार्ग यात्रा गर्न रुचाउँछन् । जस्तै तिलिचो ताल, गणेश हिमाल हेर्न जानेहरु र रुबीभ्याली भ्रमण गर्नेहरु पैदल मार्ग यात्रा गर्न रुचाउँछन् । राज्यसत्ता चलाउने व्यत्तिःहरुले कृषि र पर्यटन उद्योगजस्ता कामका लागि ध्यान दिन सकियो भने युवा बेरोजगार केही समयका लागि मन शान्त बनाउन सक्छन् ।

कृषि व्यवसायतर्फ युवाहरुको आकर्षण बढिरहेको छ । उनीहरुलाई कृषि कर्ममा लगाउने वातावरण बनाउनुपर्ने थियो । राज्य पक्षबाट बन्न सकेन । खेतीपातीका समयमा किसानले पैसा तिरेर भए पनि मल–बीउ पाउने वातावरण बनेन । समयमा बनाउनुपर्दथ्यो । समयको ख्याल गरिएन । सम्बन्धित निकायहरुले यसतर्फ ध्यान नदिएपछि खेतीपातीमा निर्भर भएका किसानहरु निराश बनेका छन् । उनीहरुलाई प्रोत्साहित गराउन समयको ख्याल गर्नुपर्ने थियो, भएन ।

उनीहरुको मतबाट निर्वाचित भएपछि उनीहरुप्रति जवाफदेहिता अपनाउनुपर्दथ्यो, गरिएन । यस वर्षको उत्पादन अपेक्षाकृत हुन सकेन भने खाद्य संकट बढेर जान्छ । दूरदराजको जनजीवन दुःखपूर्ण बन्छ । यसमा सत्ताको फन्कोमा बसेकाहरुले ध्यान दिनुपर्छ ।