पढेर सामान्य जागिर खाने उनको सोच थियो । वि।सं। २०५१ सालमा राप्ती विद्यामन्दिरबाट एसएलसी दिएका तुलसीपुर–१० निवासी कृषि प्राविधिक माधव केसीलाई स्कुलका सर दीपक डाँगीले कृषि क्षेत्रमा भविष्य राम्रो भएको सुनाए । नेपाल कृषि प्रधान देश हो तर यहाँका मान्छेहरु धेरै विदेशी रहेका छन् ।
उनलाई विदेशको मोहभन्दा पनि स्वदेशमै कृषिमा परिवर्तन गर्न सकिन्छ भन्ने लाग्यो र उनले विसं २०५४ मा लम्जुङ कृषि क्याम्पसमा आएसी पढे । त्यसपछि आफू उच्च शिक्षाका लागि २०५९ सालमा रामपुर कृषि क्याम्पसबाट विएसी एजी पास गरे । उनी अहिले तुलसीपुर क्षेत्रका नाम कलिएका कृषि प्राविधिक हुन् । केसीले आफ्नो पहिलो खुसी कृषिलाई नै लिए । उनलाई पढाई सकेपछि अमेरिकाको अफर पनि नआएको होइन् । उनले अमेरिका त्यागेर कृषिको विकासमा लागेर यही अमेरिका गराउँछु भन्ने लाग्यो र निरन्तर कृषि कर्ममा लागे ।
‘अमेरिकाभन्दा पनि मेरो सोच यही १ हजार गोला माहुरी पाल्छु भन्ने लागेको सुनाए । उनले नेपालमै केही गर्नु पर्छ भनेर कृषिमा लागेरको र आफू सफल पनि भएको भन्दै खुसी व्यक्त गरे । केसीलाई नचिन्ने कृषिमा लागेका बिरलै होलान्, चाहे त्यो कृषि प्राविधिक होस् वा कृषिका विज्ञहरु विद्यार्थीहरु सबैले आफूलाई चिन्दा खुसी लाग्ने गरेको सुनाए । ‘कृषि क्षेत्रमा अभिप्रेरणाको स्रोत बन्न पाउँदा म निकै खुसी छु’, केसी भन्छन् ।
जहाँ पनि उधारण दिदा र कृषिको सफलताको कुरा गर्दा मेरो नाम आउछ पूर्व देखि पश्चिम सम्म म यसैमा खुसी छु’, उनी भन्छन् । केसीले हजारौलाई कृषि सम्बन्धी परामर्श दिदा तथा आफूले सिकेको सीपलाई सिकाउँदा अर्को खुसी मिल्ने गरेको सुनाए । वि।सं। २०६०÷६२ सम्म २ बर्ष डिडी एचपीटी हनी प्रोजेक्टमा आफूले जागिर खाएको र प्रा।डा खेमराज न्यौपानेले उत्प्रेरित गर्दा आफू माहुरी पालनप्रति आकर्षित भएको सुनाए । त्यसपछि करिब ६ वटा प्रोजेक्टहरुमा कोर्डिनेटर भएर काम गर्न पाउँदा अर्को खुसी मिलेको उनले सुनाए ।
‘मलाई विभिन्न प्रोजेक्टमा काम गर्ने अवसर मिल्यो अनुभव पनि भयो यसमा सबैले साथ सहयोग र विश्वास गर्नुभयो यसमा पनि म खुसी छु’, केसीले भने । आर्थिक रुपले आफूले धेरै सफलता हासिल नगरे पनि विभिन्न व्यक्तिहरुले चिन्दा र उनीहरुलाई कृषिसम्बन्धी उचित सल्लाह सुझाव र व्यवसायिक हितका लगाउन पाउँदा खुसी लाग्ने गरेको प्राविधिक केसीले बताए ।
वि।सं। २०६३ सालदेखि स्वर्गद्वारी एग्री नेपाल प्रालिमार्फत कृषि र भेटेनरी सामग्री बिक्री वितरण र परामर्शका साथै प्राकृतिक माहुरी पालन फर्म सञ्चालन गरेका केसीले २५ गोला माहुरीबाट अहिले ६०० गोला बनाउन सफल भएको भन्दै अर्को खुसी व्यक्त गरे । गत बर्ष ६ टन मह उत्पादन गरेका केसीले आगामी बर्ष १५ टन मह उत्पादन गर्ने लक्ष्य रहेकोसमेत सुनाए ।
उनले कृषिमा काम गरेबाफत वि।सं। २०७७ मा तुलसीपुर उपमहानगरपालिकाबाट उत्कृष्ट कृषकको रुपमा पुरस्कृत हुँदा अर्को खुसी मिलेको सुनाए । ‘हजारौ मानिसहरु आफ्नो कर्मथलो छोडेर विदेशी भूमिमा पसिना बगाएका छन्, यही कृषिमा गर्न सके आमूल परिवर्तन गर्न सकिन्छ भन्ने मैले सबैलाई हौसला दिएको छु म त्यसमा पनि खुसी छु’, उनले भने ।
त्यस्तै केसीले उद्योग वाणिज्य संघ तुलसीपुरले हालै कृषि क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान गरेकोमा पनि खुसी व्यक्त गरे । त्यस्तै भट्टे कृषि सहकारी संस्थाले कृषकहरुलाई कृषि परामर्श दिए बाफत सम्मान गरेको भन्दै झनै आफ्नो परामर्श सेवामा थप हौसला बढेको भन्दै खुसी व्यक्त गरे । केसीले माहुरीसम्बन्धी प्रत्येक बर्ष क्षेत्रीय कृषि तालिम केन्द्रले निरन्तररुपमा माहुरी फर्मलाई तालिमको स्रोत केन्द्रको रुपमा लिएको र प्रशिक्षकको रुपमा आफूलाई लिएको भन्दै खुसी व्यक्त गरे ।
केसीले आफूले सञ्चालन गरेको माहुरी फार्म विद्यार्थीहरुको सिक्ने सिकाउने थलो भएको र आफूले पनि सिकाउँदा र उनीहरुबाट सिक्न पाउँदा निकै खुसी लाग्ने गरेको सुनाए । केसीले नेपाल त्यसमा पनि दाङमा कृषिसम्बन्धी अत्यधिक चासो पाएको सम्भावना अत्यधिक बोकेको भए पनि राज्यको तर्फबाट त्यसमा सहयोग नहँुदा भने दुःख लाग्ने गरेको सुनाए ।
‘कृषिमा सम्भावना छ तर कृषकले उत्पादन गरेका बस्तुले मार्केट पाउन्न यसमा म दुखी छु तर कृषिमा अन्य व्यक्तिहरु लागेर मेरो सहयात्री बन्दा भने खुसी हुन्छु’, उनले भने । उनले तुलसीपुर तथा पश्चिम क्षेत्रका किसानहरुलाई प्रत्यक्ष परामर्श तथा फोनबाट पनि परामर्श सेवा दिने गरेको भन्दै आफ्नो आवश्यकता धेरै ठाउँमा हुँदा खुसी लाग्ने उनले सुनाए । विगत १६ बर्षदेखि निरन्तर कृषिमा लागेर सबैलाई सन्तुष्टि दिन पाउँदा र आफूलाई धेरैले सम्झदा अर्को खुसी प्राप्त हुने उनले सुनाए ।
त्यस्तै आफ्नो पेशा व्यवसायमा घरमा आमाबुवा श्रीमतीको साथ पाउँदा पनि निकै खुसी लाग्ने गरेको उनले सुनाए । ‘म कृषिमा लागेर सवैको अभिप्रेरणाको स्रोत बन्नुमा मेरो घरपरिवार, साथीभाइ र गुरु अग्रजहरुको पनि हात छ, म सबैलाई सम्झन चाहन्छु’, उनले भने । प्राविधिक केसीले आफू बिहानदेखि साँझसम्म कृषि कर्ममै लाग्ने गरेको भन्दै आफू यही पेशामा लागेर सन्तुष्ट भएको सुनाए ।
‘मेरो खुसी नै कृषि कर्म हो, चाहे त्यो परामर्श होस् चाहे माहुरीका गोलाहरुसँग खेल्दै गर्दा म निकै खुसी छु’, केसीले भने । उनले आफूहरु जस्ता कृषि क्षेत्रमा लागेकाहरुलाई राज्यले मूल्यांकन नगर्दा भने दुःख लाग्ने गरेको सुनाए । उनले आफ्नो पेशा व्यवसायमा सन्तुष्टि भएर काम गर्दा आफूलाई खुसी लाग्ने गरेको सुनाए । ‘सायद म अमेरिका पुगेर धेरै धन कमाउँथे होला तर यस्तो आफ्नै देश गाउँघरमा यस्तो खुसीका साथ मेरो विज्ञता र कृषिलाई मैले अंगाल्न सक्दैनथे होला’, केसी भन्छन् ।