अति गरिव विपन्न राहत पाउनवाट छुट्दैनन : अध्यक्ष सुवेदी
तिर्थराज ज्ञवाली
देउखरी, चैत्र २० । दाङको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले कोरना भाईरसको जोखीमवाट बच्न र बचाउनका लागि घोषणा गरिएको लकडाउनक कारण समस्यामा पर्ने विपन्न वर्गलाई कुनै पनि हालतमा राहत वितरणमा नछुटाइने बताएका छन् । उनले गालिकाका सबै वडा अध्यक्षहरुलाई गरिव विपन्न परिवारलाई भनेर सरकारको तर्फवाट घोषणा गरिएको राहतबाट पाउनवाट नछुटाउन निर्देशन पनि दिएका छन् ।
कोरना संक्रमण रोकथामका लागि लकडाउनको पालना गर्ने विपन्न घरधुरीलाई परिवारको संख्याको आधारमा खाद्य सामाग्री उपलब्ध गराउने कार्यक्रम अनुसार टोल, बस्ती, गाँउमा स्वयम् उपस्थित भई गरिव विपन्नको खोजी गरि राहत प्रदान गर्न पनि गाउँपालिका अध्यक्ष सुवेदिले वडा अध्यक्ष तथा सदस्यहरुलाई आग्रह गरेका छन् ।
गाउँमा टोलमा खोजेर सहयोग गर्न र गरिव विपन्न परिवारलाई आफै पनि जनप्रतिनिधिको सम्पर्कमा आउन समेत उनको अनुरोध छ ।
अध्यक्ष सुवेदिले हालको अवस्थाको उच्च मुल्याङन गर्दै स्थानयी सरकार गाँउपालिकाले विभिन्न खालको उपचार, क्वारेन्टाईन, आईसुलेसनको व्यबस्थापन गर्ने, तथ्याङ लिने, राहत, तथा सहयोग प्रदान गर्ने जस्ता सञ्चालन गर्दै आएको जानकारी पनि दिए । उनले भने, ‘केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारको नीति नियम अनुसार र उपलब्ध बजेटका आधारमा यस्ता क्रियाकलाप सञ्चालन गरिरहेका छौं ।’
अफवाह र हल्लामा नलागी नागरिकको सुरक्षाका लागि सबैखाले संयन्त्र सञ्चालनमा ल्याएकोले लकडाउनको पुर्ण पालना गर्न पनि उनको आग्रह छ । अध्यक्ष सुवेदीले हिन्दुहरुको महानपर्व रामनवमी भगवान रामको जन्मदिनको अवसरमा सम्पुर्ण नागरिकमा कोरना भाईसरको जोखीमबाट बच्न सक्ने क्षमताको अभिबृद्धि होस भनि शुभकामना समेत ब्यक्त गरेका छन् ।
