नगरबासीका आवश्यकता पुरा गर्ने गरि योजना तर्जुमा गर्न सरोकारवालाको सुझाव

शिव राज खनाल
लमही,२६ जेठ । नागरिकका आधारभूत आवश्इकतालाई पुरा गर्न सक्ने गरी लमही नगरपालिकाले आफ्नो बार्षिक योजना र कार्यक्रमहरु अघि सार्नु पर्नेमा सरोकारवालाहरुले सुझाब दिएका छन् । उनीहरुले नगर र नगरबासीको उन्न्ती बिकास र समृद्धीको लागी तत्कालीन अल्पकालीन र दिर्घकालिन योजना र कार्यक्रम बनाई अघि बढ्न नगरपालिकालाई आग्रह गरेका छन् ।

उनीहरुले चेताना र आर्थिक स्तरमा पछाडी परेकालाई समेट्नेदेखि उज्यालो लमही राम्रो र सुन्दर लमही बनाउने गरि योजना तर्जुमा गर्नुपर्ने सुझाब दिएका छन् । लमही नगरपालिका नगरकार्यपालिकाको आयोजनामा आज बिहिबार लमहीमा आर्थिक बर्ष २०७९र८०को योजना तर्जुमा एबम सुझाब सकलन तथा छलफल कार्यक्रममा बोल्ने सहभागि बक्ताहरुले सो सुभाब दिएका हुन ।

कार्यक्रममा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले सरोकारवालाहरुको सुझाबहरुलाई आत्मसाथ गर्दे नगरपालिकाले आबश्यकता अनुरुपको बजेट र कार्यक्रम बनाउने बताए । उपप्रमुख लक्ष्मी योगीले बजेट सबै क्षेत्र बर्ग समुदायलाई समेटेर बनाउनु पर्ने भएकोले आबश्यकताको प्राथमिकिकरण गरेर योजना तर्जुमा गरिने बताइन ।

सो अबसरमा पूर्ब नगर प्रमुख कुल बहादुर केसिले नगरपालिकाले कार्यक्रम भन्दा पहीला नगर निति बनाएर कार्य सम्पादन गर्न आबश्यक रहेको सुझाब दिए । उनले हिजोको नगरबासिको आबश्यकता र आजको आबश्यकता फरक हुन सक्ने भएकाले समयको माग सगै नगरपालिकाले आफ्नो कार्यक्रमलाई परिर्माजन गर्न आबश्यक रहेको बताए ।

पुर्ब उप प्रमुख देबका बेलबासेले अघिल्लो कार्य समितिले सम्पन्न गर्न बाकी रहेको राम्रा योजना र कार्यक्रमलाई समेट्न आग्रह गरिन । सो अबसरमा बोल्ने राजनितिक दलका नेता सामाजिक क्षेत्रका अगुवा तथा अन्य सरोकारवालाहरुले बजेटले जनताको जीवन स्तर उकास्ने र जनतालाई छुने खालको हुनुपर्ने बताएका छन् । उनीहले कृषि , शिक्षा , स्वास्थ्य सचार र उधम शिलतालाई बिशेष जोड दिनुपर्ने सुझाब दिएका छन् ।

लमही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र डागीको स्वागत तथा बिषय प्रबेशबाट शुरु भएके कार्यक्रममा नागरिक समाज दाङका उपसभापती निम बहादुर थापाले कम्तीमा पनी लमही नगरपालिका कुनै एक कृषि उपजमा आत्म निर्भर हुने गरि बजेट तथा कार्यक्रम निर्माण गर्न सुझाब दिए । उनले सञ्चारको बिकाशको लागी नगरपालिकाले सहयोग गर्नुपर्ने बताए ।

लमही नगर बिकाश समितिका पुर्ब अध्यक्ष घनश्याम सुबेदीले लमही कोइलाबास हुलाकी सडक फराकीलो बनाउनुपर्ने , लमहीको रातो डाडामा डिपिआर गरिएको बहुय शभाहल निर्माणका लागी पहल थाल्नुपर्ने कृषकका लागी बिशेष योनजा ल्याउन सुझाब दिए भने कुसुन्डा भाषका ज्ञाता उदयराज आलेले मातृभाषको संरक्षण सगै पुराना सम्पादाको संरक्षणका लागी बजेट र कार्यक्रमले छुनुपर्ने बताए।

 सो अबसरमा बेदनिधि धितालले अपाङ्ग उधमशिलतामा जोड दिनपर्ने सुझाब दिए । सो कार्यक्रममा खानेपानी अपाङगता भएका ब्यक्ती जेष्ठ नागरिक बालबालिका समस्यामा परेका महीला पर्यटन बिकाश , उधमशिलताका लागी सिप बिकाश तालिमहरु बर्षिक कार्यक्रममा समेट्न सुझाब दिएका छन् । त्यसै गरि करको दायरा घटाउन र र्दुब्यसनि मुक्त समाज निर्माणका लागीपहल गर्न , जैबिकबिबिधताको संरक्षण , जेष्ठ नागरिक कोष स्थापना का सवालहरुलाई समेट्न आग्रह गरिएको छ । सो अबसरमा एक र्दजन बढिले आ आफ्नो धारणा व्यक्त गरे । कार्यक्रमको सहजीकरण गायत्री थापाले गरेकी हुन ।