Goraksha

National Daily

नदीजन्य उत्खनन् रोक्न गढवा गाउँपालिका सक्रिय

शिबराज खनाल

लमही चैत २० । गढवा गाउँपालिका वडा नम्बर ५ मा पर्ने धरमपुर र तकियापुर घाटमा मनपरी अबैध उत्खनन् गरिएको पुष्टि भएकोछ । लक(डाउनको समयमा अर्काको क्षेत्रमा पर्ने घाटमा उत्खनन् गरी प्रदेश सरकारको नदिजन्य पदार्थ सम्बन्धी कार्यबिधि लाई मिचेर उत्खनन् गरिएको समेत पाइएको छ ।

राप्तीमा ठुला ठुला ३ वटा खाडल बनाइएको छ, कार्यबिधि अनुसार घाटको प्रकृती हेरेर बढीमा ८० सेन्टिमिटर गहिराईसम्म नदिजन्य पदार्थ उत्खनन् गर्ने भनिएको छ । तर, उत्खनन भएको क्षेत्रमा ३:१० मिटर गहिराईसम्म उत्खनन् गरिएको पाइएको छ ।

गढवा गाउँपालिकाले उत्खनन् गरिएको क्षेत्रबाट परिमाण निकालेर राजस्व लिने र सम्बन्धित ठेकेदारहरुलाई थप कारबाहीका लागि जिल्ला समन्वय समितिमा पठाउने तयारी गरेको छ ।

गढवा गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष तथा बिपद ब्यबस्थापन समितिका सँयोजक प्रकाश भण्डारीको नेतृत्वमा प्राबिधिक सहितको टोलीले बुधबार उत्खनन् क्षत्रको नापजोख गरी परिमाण समेत निकालेको छ ।
टोलीले ३ वटा खाडलबाट ५ हजार ५ सय ७६।२० घनमिटर नदिजन्य पदार्थ उत्खनन् गरेको भेटिएको छ । जसको राजस्व सरकारको न्युनतम् दररेट अनुसार प्रति घनमिटर २ सय ११ रुपैया ६८ पैसाका दरले ११ लाख ८० हजार ३ सय ७० रुपैया १ पैसा हुन आउने प्राबिधिक बताउछन् ।

सम्बन्धित ठेकेदारले उक्त रकम गढवा गाउँपालिकामा राजस्व स्वरुप बुझाउनु पर्ने गाउँपालिकाले जनाएको छ ।

उत्खनन् गरिएको नदिजन्य पदार्थ गढवा ५ स्थित समृद्दी क्रसर उद्योगलाई बिक्रि बितरण गरेको खुलासा भएको छ । क्रसर उद्योगको मनपरी भनिएपनी ठेकेदारले बद्मासी गरेको पाइएको हो ।

क्रसरका एक कर्मचारीले भने यहाँ डम्पिङ्ग गरिएको नदिजन्य पदार्थ हामीले किनेर लिएका हौँ, हामीसँग रसिद छ । क्रसर उद्योगलाई जय कालिका निर्माण सेवा लमही-८ ले नै बिक्रि बितरण गरेको रसिदबाट स्पष्ट हुन्छ । बिपद्का सँयोजक प्रकाश भण्डारी, गाउँपालिका अध्यक्ष सहजराम यादब, प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी, प्राबिधिकलगायतको टोलीले उत्खनन् क्षत्रको परिमाण निकाली कारबाहीका लागि बिहिबार गाउँ कार्यपालिका बैठकको निर्णय पस्चात जिल्ला समन्वय समिति पठाउने भनिएको छ ।

अबैध उत्खनन भैरहेको समाचार प्रकासित भएपछि सम्बन्धित निकायको ध्यानाकर्षण भएको थियो ।