Goraksha

National Daily

कोराना परीक्षण कीट बनाएको भोली पल्ट बच्चा जन्माइन दखावेले

दाङ चैत १९ । भारतमा एकजना भाइरसविद् महिलाले आफुले बच्चा जन्माउनु भन्दा एक दिन अगाडि भाइरस परीक्षण गर्ने कीट तयार गरेकिछिन् ।

भारतको पश्चिमी शहर पुणे स्थित माइल्याव डिस्कभरीकी अनुसन्धान र विकास प्रमुख रहेकी भाइरसविद् मिनल दखावेको नेतृत्वको टिमले तयार पारेको यो परीक्षण कीटसंगै भारतमा कोरोना परीक्षण गर्नेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । कोरोना परीक्षणमा भारत अत्यन्तै सुस्तगतिमा रहेको भनी आलोचना भैरहेको समयमा दखावेको नेतृत्वमा माइल्यावले कीट बनाउन शुरु गरेको थियो । ‘पाथो डिटेक्ट’ नाम दिइएको त्यस परीक्षण कीटले मानिसमा कोराना भए नभएको पुष्टि गर्ने परीक्षणको दर बढाउन सक्ने बिश्वा गरिएको छ ।

दखावे भोसले भन्छिन्, ‘आयात गरिने कीटले सात(आठ घन्टामा परीक्षणको परिणाम दिन्छ जबकी हाम्रो कीटले अढाई घन्टामै परीक्षणको परिणाम दिन्छ।’ उनले कीर्तिमानी ढङ्गले छ हप्तामै कीट बनाएको बताइन् । उनको आफ्नै समयसीमाका कारण वैज्ञानिकहरूले सङ्घर्ष गरिरहेका थिए। किनकि उनले गत साता मात्रै छोरी जन्माइन्। गर्भाधानसँग सम्बन्धित जटिलता उत्पन्न भएका कारण अस्पताल भर्ना भएर त्यहाँबाट निस्किएको केही दिन लगत्तै गत फेब्रुअरी महिनामा काम सुरु गरिएको थियो ।

‘यो निकै सङ्कटकालीन स्थिति थियो त्यसैले मैले त्यसलाई चुनौतीको रूपमा लिएँ। मैले मेरो देशको सेवा गर्नुपर्छ,’ उनले परियोजना सफल तुल्याउन समूहका १० जना सदस्यले निकै कडा परिश्रम गरेको सुनाउँदै भनिन्।

अन्तिममा उनले बच्चालाई जन्म दिनु एक दिनअघि मार्च १८ मा न्याश्लन इन्स्टीच्युट अफ भाइरोलोजी ९एनआईभी० समक्ष मूल्याङ्कनको निम्ति कीट बुझाइन्।
त्यही साँझ अस्पतालमा शल्यक्रियाको निम्ति भर्ना हुनु एक घन्टाअघि उनले व्यावसायिक प्रयोजनको अनुमति लिन उक्त परियोजनाको प्रस्ताव भारतको नियामक निकाय ९सीडीएससीओ० मा बुझाएकी थिइन्।
भारतको सरकारी मेडिकल अनुसन्धान परिषद् ९आईसीएमआर०ले सहमति दियो। उसले शतप्रतिशत परिणाम प्राप्त गर्ने भारतको एकमात्र कम्पनी माईल्याब भएको बतायो।

एचआईभी र हेपाटाइटिस बी र सीका निम्ति परीक्षण कीट बनाउने गरेको मोलिक्युलर डाइगनोस्टिक कम्पनीले पनि कोभिड(१९ को परीक्षण कीट एक सातामा एक लाखसम्म आपूर्ति गर्न सक्ने जनाएको छ।

आवश्यकता परेमा दुई लाखसम्म निर्माण गर्न सक्ने उसको भनाइ छ।
माइल्याबले बनाएका प्रत्येक कीटले एक सयवटा नमुना परीक्षण गर्न सक्छन् र त्यसको मूल्य १२ सय भारतीय रूपियाँ पर्छ। भारतले बाहिरबाट ल्याउने कीटको मूल्य ४५ सयको तुलनामा त्यो करिब एक चौथाइ हुन आउँछ।

 

(वीवीसी नेपाली अनलाइन सेवाको सहयोगमा)

https://www.bbc.com/nepali/news-52102081?fbclid=IwAR1L11nL3QFn7D0LLI2xjGLJFY0bPv_wpM_Y5h7IQaLjepZklJPlnWpMT7U