Goraksha

National Daily

राहत कोषमा लमही प्याब्सनको सहयोग

शिबराज खनाल

लमही चैत १९ । निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन लमही नगर समितिले अति बिपन्न परिवारको राहतका लागि राहत कोषको स्थापना गरि बुधबार लमही नगरपालिकालार्इ राहत हस्तान्तरण गरेको छ ।

प्याब्सन लमही नगर समितिले उक्त राहत कोषबाट लमही नगरपालिकाको कोरोना संक्रमण ब्यबस्थापन कोषमा १२८ बोरा चामल जम्मा गरेको हो ।

बिश्व ब्यापी रुपमा फैलिएको कोरोना भाइरस ले बिश्व जगतनै प्रभावित भएको अबस्थामा अतिबिपन्न गरिखाने बर्गहरु दैनिक उपभोग्य सामाग्रीको अभाबमा छटपटाइ रहेको अबस्थालार्इ मद्यनजर गर्दै प्याब्सन दाङ लमही नगर समितिले राहत समाग्री उपलब्ध गरेको प्याब्सन लमही नगर सचिब नारायण भुसालले बताए ।

नगरका सबै वडाहरुमा एकद्वार प्रणाली मार्फत व्यवस्थित तरिकाले अभिलेख राखी राहत वितरण गर्न र नगर क्षेत्र भित्र रहेका अति न्यून आयस्रोत भएका परिवारहरुको अभिलेख राख्नसमेत प्याब्सन लमही नगर समितिले सरोकारवालालाई अनुरोध समेत गरेको छ ।

प्याब्सन लमही नगर समितिमा सनलाइट मोर्डेन सेकेन्डरी स्कुल, ज्योतिषमति बिद्यापिठ, रोजि बडर््स् बालबाटीका, गोरखा मोडेल स्कुल, जहिन्द्र मोडेल स्कुल, पृन्स इङ्लिस मोडेल स्कुल, राप्ती ग्यालेक्सी स्कुल, लड बुद्ध एकेडेमी, बेबिज क्यासल स्कुल गरि ९ वटा बिद्यालय आबद्ध रहेको प्याब्सन लमही नगर समितिका अध्यक्ष राजु यादवले बताए ।